Saturday, December 10, 2022

७४ औं १६ दिनेमहिला हिंसा विरुद्धको अभियान सम्पन्न , महिला हिंसा न्युनिकरणका लागि सबैमा चेतनाको विकास गर्नुपर्ने सरोकारवालाहरुको निष्कर्ष

 

७४ औं १६ दिनेमहिला  हिंसा विरुद्धको अभियान सम्पन्न 

  महिला हिंसा न्युनिकरणका लागि सबैमा चेतनाको विकास गर्नुपर्ने सरोकारवालाहरुको निष्कर्ष 



लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर २४

   महिला हिंसा न्युनिकरणका लागि सबैमा चेतनाको विकास गर्नुपर्ने सरोकारवालाहरुले निष्कर्ष निकालेका छन् ।सनिवार मलंगवा नगरपालिका द्वारा आयोजित ७४ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा महिला हिंसा विरुद्धको १६ दिने अभियानको समग्र समापन कार्यक्रममा बोल्दै बक्ताहरुले त्यस्तो निष्कर्ष निकालेका हुन। 

  समाजमा विभिन्न आर्थिक, समाजिक, धार्मिक, लगायत विविध कारणले हिंसा हुने गरेको बताउदै त्यसको न्युनिकरणको लागि सबै नागरिकले आ-आफनो क्षेत्रबाट जिम्मेवारी बहन गरे कुनै, कतैबाट हिंसा नहुने कार्यक्रममा उपस्थित बक्ताहरुले बताएका छन् ।

  सर्लाही जिल्लामा भएका मानवअधिकार हनन तथा हिंसाको विषयमा कार्यपत्र प्रस्तुत गर्दै मानवअधिकार रक्षक संजाल सर्लाही जिल्ला अध्यक्ष मुकेश मिश्रले जनवरी २०२२ देखि नोभेम्बर २०२२ सम्म ओरेक नेपाल सर्लाहीमा महिला हिंसाका ८१ वटा र जातीय विभेद तथा छुवाछूतका ३ वटा घटनाहरु दर्ता भई न्यायको लागि सम्बन्धित निकायमा पहल भइरहेको जानकारी गराएका छन् ।

   कार्यक्रमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति सर्लाहीका जिल्ला संयोजक एवं दलित अधिकारकर्मी राजेश पासवानले महिला हिंसा विरुद्धको दिवस १६ दिने अभियानलाई  अभियानको समयमा मात्रै नभएर ३६५ दिनै मनाएर हिंसा मुक्त समाजको निर्माण गर्नुपर्ने बताउनुभयो।

   यसै अवसरमा आयोजक मलंगवा नगरपालिकाले मानवअधिकार तथा सामाजिक न्याय क्षेत्रमा विगत लामो समयदेखि क्रियाशील भई आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट योगदान दिएका १३ जना व्यक्तिहरुको साथसाथै ३ जना क्रियाशील पत्रकारहरुलाई सम्मानित गरेका थिए।सम्मानित हुने पत्रकारमा योहो टेलिभिजन एचडीका मधेस प्रदेश सम्वाददाता एवं राष्ट्रिय लोकतन्त्र दैनिकका सम्पादक मनोज यादव समेत रहेका छन् ।उनलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मानित गरिएको छ।

   मानवअधिकार रक्षक संजाल सर्लाहीका अध्यक्ष मुकेश मिश्रको अध्यक्षता तथा जिल्ला समन्वय समितिका सभापति कौशल किशोर सिंहको प्रमुख आतिथ्यताम सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले आफनो धारण राखेका थिए । कार्यक्रममा बोल्ने सबै बक्ताहरुले सबैमा चेतनाको विकास गर्न सके हिंसात्मक घटनामा नियुुनिकरण आउने औल्याएका थिए। 

   


No comments:

Post a Comment