Friday, December 9, 2022

बलराको लक्ष्मेश्वर सुमित्रा देवी आधारभुत विद्यालयलाई बाल विकास भवन हस्तान्तरण

 


बलराको लक्ष्मेश्वर सुमित्रा देवी आधारभुत विद्यालयलाई बाल विकास भवन हस्तान्तरण

लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर २३

  प्रारम्भिक बाल विकास कक्षामा पढने बालबालिकाहरुको सिकाइ उपलब्धीका लागि राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र र सेभ द चिल्ड्रेनको साझेदारी तथा बलरा नगरपालिकाको समन्वयमा निर्माण गरिएको नवनिर्मित बाल विकास भवन बलरा स्थित श्री लक्ष्मेश्वर सुमित्रा देवी आधारभुत विद्यालयलाई हस्तान्तरण गरिएको छ।

   विद्यालयका प्रअ बैधनाथ सिंहको अध्यक्षता, बलरा नगरपालिकाका प्रमुख रामाशंकर प्रसाद कुशवाहाको  प्रमुख अतिथ्यता तथा राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र मलंगवाका अध्यक्ष गायत्री देवी महतोको उपस्थितिमा शुक्रवार आयोजित कार्यक्रमका बिच १९ लाख ३६ हजार ६८६ रुपैयाँको लागतमा निर्माण गरिएको भवन  शुक्रवार  उक्त विद्यालयलाई हस्तान्तरण गरिएको हो।

    नगरकार्यपालिकाका पदाधिकारी, बडा बालअधिकार समितिका पदाधिकारी, बाल क्लबका पदाधिकारी,अभिभावक,शिक्षक, विद्यार्थी,सुरक्षाकर्मी तथा संस्थाका कर्मचारीहरुको उपस्थितिमा नवनिर्मित उक्त भवन हस्तान्तरण गरिएको आर.आर.पि.के का शिक्षा तर्फका फिल्ड अधिकृत चन्द्रशेखर सहनीले जनाएको छ ।

No comments:

Post a Comment