Sunday, December 4, 2022

युवाहरुले सुरु गरे कौडेना पछि सक्रौलमा पनि सरसफाई अभियान

 


युवाहरुले सुरु गरे कौडेना पछि सक्रौलमा पनि सरसफाई अभियान

लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर १८

    कौडेना गाउँपालिकाका युवाहरुले चलाएको साप्ताहिक सरसफाइ अभियानलाई सोही पालिकाको वडा म-६ र ७ मा पनि लागू गरेका छन् ।

  "साझा सम्पति हाम्रो सम्पत्ति" भन्ने नाराका साथ गएको दुई सातादेखि प्रत्येक सनिवार चलाउँदै आएको सरसफाइ अभियानलाई बढाएर तेस्रो सनिवार सक्रौलमा पुर्याएका छन् ।

उनीहरूले सक्रौलको ब्रम्हबाबा मन्दिर, विद्यालय र बजारमा सरसफाई गरेका छन् ।

  उनीहरूलाई यस कार्यमा नेपाल प्रहरी, गाउँपालिकामा कार्यरत गाउँ प्रहरी, स्थानीय युवा, विद्यार्थी लगायतले समेत सघाएका छन् । 

  सरसफाईमा पछि परेको र सडक क्षेत्रमा पशुचौपाय बाध्ने प्रचलन ब्याप्त रहेको त्यस ठाउँमा युवाहरु मिलेर सरसफाई अभियान गरिरहेको स्थानीय युवा धिरोज यादवले जानकारी दिएको छ।

No comments:

Post a Comment