Friday, December 9, 2022

कौडेनाका युवाहरु द्वारा लागुऔषध दुर्व्यसन विरुद्धको जनचेतनामूलक कार्यक्रमको आयोजना


कौडेनाका युवाहरु द्वारा लागुऔषध दुर्व्यसन विरुद्धको जनचेतनामूलक कार्यक्रमको आयोजना



लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर २३

 सर्लाहीको कौडेना गाउँपालिकामा‘बिकृति बिसंगति बिरुद्धको हाम्रो अभियान, लागु औषध दुर्व्यसन मुक्त समाजको निर्माण’ भन्ने नाराका साथ शुक्रवार जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ।

  वडा नम्बर ६ सक्रौलका निवर्तमान वडाअध्यक्ष किशोरी रायको उपस्थिती तथा  श्री जनता माध्यमिक विद्यालय इनर्वाका प्रधानाध्यापक नारायण महतो र नेपाल प्रहरीको सहयोगमा कौडेना गापा वडा न-६ सक्रौलमा स्थानीय तारापुञ्ज युवा क्लबले    लागु औषध दुर्व्यसन बिरुद्ध जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको हो।सोही अवसरमा आयोजकको तर्फबाट कार्यक्रममा सहभागी भएका क्लवका अध्यक्ष धर्मेन्द्र सहनीसहितका अतिथीहरुलाई संस्थाको तर्फबाट माल र खादा ओढाएर  सम्मान समेत गरिएको नगर प्रहरी धिरोज रायले जनाएको छ। 

   र्यालीको समेत आयोजना गरिएको कार्यक्रममा बिद्यार्थीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment