Monday, December 12, 2022

महिला हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा महिला समूहको लागि कानुनी साक्षरता कार्यक्रमको आयोजना


महिला हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा महिला समूहको लागि  कानुनी साक्षरता कार्यक्रमको आयोजना 

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर २६

    "सभ्य समाजको पहिचान,लैंगिक हिंसा विरुद्धको अभियान" भन्ने नाराका साथ मनाइएको यसवर्षको महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाउने क्रममा सर्लाहीका ६ वटा पालिकामा रहेका महिला समूहहरुको लागि  कानुनी साक्षरता कार्यक्रमको  आयोजना गरिएको छ।

   यु.एन ओम्यानको आर्थिक सहयोग,  ल्याक ,भि.सि.डि.सी र डि.डब्लु.आर.एफ को  आयोजना र  महिला समूहहरुको सहकार्यमा जिल्लाको चन्द्रनगर,ब्रम्हपुरी,हरिपुर्वा,पर्सा र बागमतीमा  रहेका महिला दिदीबहिनीहरुको समूहका लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो।

    बरहथवामा छोरी समूह ,बागमतीमा दिदीबहिनी साना किसान कृषि समूह ,ब्रह्मपुरीमा कारिकबाबा महिला समूह,चन्द्रनगरमा कलावती माई महिला समूह ,पर्सामा बिहुला सती महिला समूह र हरिपुर्वामा दिव्यज्योती महिला विकास समितिले आआफ्नो पालिकामा कार्यक्रम संचालन गरेको महिला अधिकारकर्मी लक्ष्मी सिंहले जनाएको छ।


No comments:

Post a Comment