Sunday, December 4, 2022

नवनिर्वाचित प्रदेश सांसद द्वाय यादव र रायलाई मलंगवामा स्वागत

 

नवनिर्वाचित प्रदेश सांसद द्वाय यादव र रायलाई मलंगवामा स्वागत

लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर १८

   सर्लाहीको निर्वाचन क्षेत्र न-२ (क)र (ख)मा नेपाली काँग्रेसबाट नवनिर्वाचित प्रदेश सभा सदस्य द्वय जंगीलाल राय र कौशल किशोर रायलाई सर्लाहीको सदरमुकाम मलंगवामा भब्य स्वागत गरिएको छ।

     मलंगवा नगरपालिका वडा न-९ स्थित बालमन्दिरको सभा हलमा नेपाल शिक्षक संघ सर्लाही द्वारा आयोजित कार्यक्रमका बिच नवनिर्वाचित प्रदेश सभा सदस्य द्वय यादव र रायलाई स्वागत गरिएको हो।

  ने.शि संघका अध्यक्ष यमनाथ उप्रेतीको  प्रमुख आतिथ्यता तथा  पुर्व सांसद एवं नेपाली काँग्रेस सर्लाहीका पुर्व सभापति

लक्ष्मण रायको विशिष्ट अतिथिता सम्पन्न भएको स्वागत कार्यक्रममा  विष्णु गाउँपालिकाका गापा अध्यक्ष जवाहरलाल यादव, ब्रह्मपुरी गापा अध्यक्ष राम पदारथ साह,शिक्षक महासंघ केन्द्रीय सदस्य बद्री नारायण मिश्र, ने.का जिल्ला सचिव  मनोज कुमार यादव लगायतका अतिथिहरुको उपस्थित रहेको थियो।

No comments:

Post a Comment