Friday, December 9, 2022

गोडैतामा निःशुल्क आँखा शिविर सम्पन्न,करिब ५ सय जनाले आँखा जाँच गराए


गोडैतामा निःशुल्क आँखा शिविर सम्पन्न,करिब ५ सय जनाले आँखा जाँच गराए

लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर २३

    सर्लाहीको गोडैता नगरपालिकामा शुक्रवार संचालित निःशुल्क।आँखा शिविरमा ४ सय ९३ जना व्यक्तिहरुले आँखाको जाँच गराएका छन् ।

   गोडैता नगरपालिकाले गोडैता माविमा संचालन गरेको उक्त शिविरमा २४४ जना महिला र २४९ जना पुरुषहरु गरि जम्मा ४९३ जनाले आँखा जांच गराएका हुन्। ती मध्येबाट १८१ जनामा मोतियाबिन्दु सम्बन्धि रोग फेला परेको र उनीहरूको मंसिर २६ गते शल्यक्रिया गरिने स्वास्थ्य संयोजक प्रमोद पंडितले लोकतन्त्रलाई जानकारी दिएको छ।

   गोडैता न.पा कै आयोजनामा सनिवार मा.वि. भगवतिपुरमा पनि आँखा शिविर सन्चालन हुने स्वास्थ्य संयोजन पंडितले बताएको छ।

  

No comments:

Post a Comment