Monday, December 5, 2022

मलंगवा उद्योग वाणिज्य संघद्वारा नव निर्वाचित संघीय तथा प्रदेश सांसदलाई स्वागत तथा सम्मान



मलंगवा उद्योग वाणिज्य संघद्वारा नव निर्वाचित संघीय तथा प्रदेश सांसदलाई स्वागत तथा सम्मान

मनोज यादव---

सर्लाही,मंसिर १९

   उद्योग वाणिज्य संघ मलंगवाले नवनिर्वाचित सांसदहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

    संघले सर्लाहीको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सांसद महेन्द्र राय यादव र क्षेत्र नम्बर २ ‘क’ र `ख´बाट निर्वाचित प्रदेश सांसद द्वय जंगीलाल राय र कौशल किशोर रायलाई स्वागत तथा सम्मान गरेको हो । सोमबार मलंगवा नगरपालिका वडा न-८ स्थित रंगलाल स्मृति भवनमाआयोजना भएको सोही कार्यक्रम मार्फत मेयर नागेन्द्र प्रसाद रायलाई समेत स्वागत तथा सम्मान गरिएको थियो।

   कार्यक्रममा संघका अध्यक्ष साहले सम्पूर्ण सदस्यहरुको तर्फबाट नवनिर्वाचित सांसदहरु सँग जनताको आशा अपेक्षा अनुसार काम गर्न सुझाव दिएका थिए।उनले लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडकको निर्माण सम्पन्न गराउन पहल गरिदिन साथै बेरोजगार युवालाई रोजगार सिर्जना गर्न,उद्योग ,व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, यातायात जस्ता अत्यावश्यक कुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न समेत सुझाएका थिए।

   संघका अध्यक्ष साहको सभापतित्वमा भएको कार्यक्रममा उ.वा.संघ मलंगवाका पदाधिकारीहरु सहित नगरका विशिष्ट व्यक्तिहरु लगायतको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment