Friday, December 2, 2022

चिसो रातमा गोल्डेन ओक कमेडी यात्राका कलाकारहरुले तताए मलंगवा


चिसो रातमा गोल्डेन ओक कमेडी यात्राका कलाकारहरुले तताए मलंगवा

  


मनोज यादव---

सर्लाही,मंसिर १६

   नेपालकै सुप्रसिद्ध तथा लोकप्रिय ब्राण्ड गोल्डेन ओक ब्लेन्डेड माल्टको प्रायोजनमा नेपालीहरूलाई हाँसोको नौलो सौगात दिन निस्केका राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुतिले मलंगवालाई तताएको छ।

   मलंगवा जेसिजले शुक्रवार सर्लाहीको सदरमुकाम मलंगवा स्थित बालमन्दिरको प्रांगणमा आयोजना गरेको गोल्डेन ओक कमेडी यात्रा मार्फत नेपालका ख्याती प्राप्त कलाकारहरु जितु नेपाल(मुन्द्रे), सुरेन्द्र केसी(मुला साग), मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिव शंकर रिजाल(जोगिन्दर पानवाला)लगायतले आआफ्नो बेजोड प्रहसनबाट मलंगवाबासीलाई मनोरञ्जन गराएका थिए।

    गोल्डेन ओकले देशका विभिन्न सहरहरूमा 'गोल्डेन ओक कमेडी यात्रा' सञ्चालन गरेको छ।सोही अनुसार मलंगवा जेसिजको आयोजनामा मलंगवामा पनि कार्यक्रमको आयोजना गरिएको  उद्घाटन कार्यक्रमका उद्घोषक जेसी सुवोधहरि राजोपाध्यायले जनाएको छ।

No comments:

Post a Comment