Wednesday, December 14, 2022

तीन दिने राष्ट्रिय अवजरवेटोरियो कार्यशाला गोष्ठी सम्पन्न

 


तीन दिने  राष्ट्रिय अवजरवेटोरियो कार्यशाला गोष्ठी सम्पन्न



लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर २८

   सि.एस.ओ पार्टनरसीप फर डेभलपमेन्ट इफेक्टिभनेसको सहयोग तथा सेन्टर फर गुड गभरनेन्सको आयोजनामा भएको तीन दिने राष्ट्रिय अवजरवेटोरियो कार्यशाला गोष्ठी बुधबार सम्पन्न भएको छ।

   नागरिक संस्थाहरुको तथ्यांकलाई मापन तथा व्यवस्थापन गर्ने र ती तथ्यांकहरुलाई व्यवस्थित गरि राख्दा हुने फाईदाहरुको बारेमा जानकारी गराउने,पारदर्शिता र जनचेतना फैलाउने,अनुदानमा खोज तथा अनुसंधान कसरी साझेदारी गर्ने र गैरसरकारी संस्थाले जवाफदेहीताका लागि वकालत कसरी गर्ने भन्ने जानकारी दिने उदेश्यले

तीन दिने कार्यशाला गोष्ठीको आयोजना गरिएको आयोजक संस्थाका उपकार पाण्डेले जानकारी दिनु भएको छ ।

   डिसेम्बर १२ तारिखदेखि डिसेम्बर १४ तारिखसम्म संचालन भएको कार्यशाला गोष्ठीमा प्रत्येक दिन २०/२० जना गरि जम्मा ६० जना सहभागीहरुलाई सहजकर्ता गुन्जन झाले सहजिकरण गरेका थिए।

   गोष्ठीमा एनजीओ फेडरेसनका लक्ष्मी सिंह,मानवअधिकार रक्षक संजालका सर्लाही जिल्ला अध्यक्ष मुकेश मिश्र,इन्सेक प्रतिनिधि बुधन साह,ओसिएमसीका काउन्सेलर दिवानी घिमिरे,आशिष सेवा समाजका अमृता चौधरी,मोप्प नेपालका संजय मण्डल ,माइती नेपालका अमीत यादव,अपाङ्गता प्रतिनिधि शिवनाथ राउत,आर.आर.पि के का रंजना देउवा ,पहिचान नेपालका कृष्णा रस्तोगी,राष्ट्रिय दलित समाज कल्याण संघका राजेश पासवान ,निक साइमनका पेपिस कुमारी यादव,गल्ली गल्ली संस्थाका शक्ति सिंह पासवान तथा विभिन्न नागरिक संघसंस्थामा आबद्ध ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment