Tuesday, December 6, 2022

विचार✍️ राजनीतिमा दलित महिलाको सहभागीता न्युन भएपनि विस्तारै सहभागीता बढाउँदै

 विचार✍️

@राजनीतिमा दलित महिलाको सहभागीता न्युन भएपनि विस्तारै सहभागीता बढाउँदै 


ईन्कु महरा(महिला वडा सदस्य)

कबिलासी नगरपालिका,सर्लाही 


    मधेसको राजनितिमा दलित महिलाको सहभागीता एकदम न्यून रहेको छ।दलित महिलाहरुको न्यून सहभागीताले अर्थपूर्ण सवाल खडा गरेको छ ।

   मदेश प्रदेशको राजनीतिमा दलित समुदायका महिलाहरुको सहभागीता हुँदा दलित तथा विपन्न समुदायको समस्याहरुको समाधान हुनुका साथै उनीहरुको आवाज बुलन्द हुने भएकोले राजनितीमा त्यस्ता समुदायको सहभागिताले एउटा महत्वपूर्ण अर्थ राखेको छ । स्थानीय सरकारमा दलित महिलाहरुको सहभागीताले गरिव तथा दलितको अवाजलाई राज्य सम्म पुर्याउन मद्दत पुर्याउँछ। 

   म (ईन्कु महरा)वर्तमान समयको स्थानिय सरकारमा प्रत्यक्ष रुपमा सहभागि भएको एक दलित नेताको रुपमा दलित तथा गरिब समुदायको अवाज स्थानिय सरकारसम्म पुर्याउन  सक्षम रहकोमा आफुलाई गौरवान्वित महसुस गरिरहेको छु ।स्थानीय जनप्रतिनिधि बन्नु अघिसम्म म एउटा समान्य महिलाको रुपमा जिवन यापन गरिरहेको थिए। गाउँघरका महिलाहरु समाजिक,आर्थिक तथा राजनितिक क्षेत्रम पुरुष भन्दा निकै पछाडि परेको देख्दा मलाई  अचम्म लाग्ने गरेको थियो। पुरुष सरह महिला पनि किन राजनितिमा सहभागि हुन सकिदैन भने प्रश्न जहिले पनि मेरो मनमा उठ्ने गरेको थियो । पुरुष प्रधान समाजमा महिलाको अवाज सुन्न नचाहने सधैं हेलाको दृष्टिकोणले मात्र हेर्ने , उनीहरुको भवना बुझ्न नचाहने यी सबै कुराहरुले मलाई जहिलेपनि चिंतित बनाइ रहेको थियो ।

    समय आफनो गतिमा अगाडि बढदै गयो र २०७९ सालको स्थानिय तहको निर्वाचनमा आफ्नो पालिकाको सम्पूर्ण महिलाहरुको प्रतिनिधित्व गर्दै दलित महिला कोटाबाट चुनाव जित्न सफल भए। तर निर्वाचन पश्चात महिला जनप्रतिनिधिको रुपमा पदिय जिम्मेवारी पाएपछि अनुभवको कमिका कारण मलाई जनताको काम गर्न र गराउन अप्ठ्यारो महसुस हुन थाल्यो ।सोही क्रममा जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धिको लागि                                              आईफिएस नेपालको प्राविधिक सहयोगमा, स्विस सरकार विकास सहयोग (एसडिसि)

  र अस्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा माण्डवीको सहजिकरणमा मधेस प्रदेश अन्तर्गतको सर्लाही जिल्लामा महिला नेतृत्व कार्यक्रम संचालन हुदै आएकोले महिला नेतृत्वको क्षेत्रमा ठूलो फडको मारेको देखिएको छ । महिला नेतृत्व कार्यक्रम संचालन भइरहेको पालिकाहरुमा निर्वाचित महिला जनप्रतिनिधिहरुको नेतृत्वको कारण लैङ्गिक हिंसा कम हुने गरेको  पाईएको छ । लैङ्गिक हिंसा मुक्त समाजको निर्माण होस भनेर महिला जनप्रतिनिधिहरुले पालिका तथा पालिका बाहिर विभिन्न सरोकारवालहरुसंग अन्तरक्रिया तथा छलफल गर्दै आइरहेका छन् । सरकारी तथा गैरसकारी संस्थहरुले संचालन गरेको विभिन्न क्षमता विकासको तालिमहरुले महिला नेतृत्वको क्षेत्रमा थप उर्जा प्राप्त भएको देखिएको छ ।  

   म आफू पनि विभिन्न तालिममा सहभागि भई एउटा सक्षम महिला नेतृत्व कर्ताको रुपमा अगाडि आएको  एउटा दलित समुदायको महिला हुँ। महिला हिंसाको विरुद्धमा पालिका भित्र र पालिका बाहिर वकालत गर्न सक्षम भएकी छु । समाजमा महिलाहरुको विरुद्धमा घटेका विभिन्न घटनाहरुमा स्थानिय सरकारमा जनप्रतिनिधि भएर महिलाको अवाजलाई जोरदार रुपमा उठाउन सक्षम भएकी छु । 

   मैले समाजमा आर्थिक ,समाजिक , शैक्षिक विकास गर्न पछाडि पारिएको तल्लो तह तप्पका दलित तथा गरिव वर्गहरुको अवाज सरकारसम्म पुरयाउन आवश्यक रहेको देखेको छु। सोही अनुसार म जिल्लाको कविलासी पालिकामा महिला हिंसा संग सम्बन्धित कुनै घटनाहरु नहोस् भनेर आम नागरिकहरुलाई विभिन्न सार्वजनिक कार्यक्रम मार्फत सचेत गराउदै आइरहेको छु । 

   म लगायत कबिलासी नगरपालिका अन्तर्गतका सबै वडाका जनप्रतिनिधिहरुमा माण्डवी संस्थाले विभिन्न चरणमा प्रदान गरेको क्षमता अविबृद्धि तालिम र त्यसबाट प्राप्त गरेको ज्ञानले आफुहरुमा नयाँ उर्जा थपिएको र काम गर्न समेत कुनै समस्या नआएकोले तालिम दिने माण्डवी संस्थालाई सम्पूर्ण जनप्रतिनिधिहरुको तर्फबाट धन्यवाद दिन चाहन्छु। 


No comments:

Post a Comment