Friday, December 30, 2022
मलंगवा नगरपालिकाको मुख सडक निर्माण तथा बसपार्क संचालन सम्बन्धमा सर्वपक्षीय समन्वयात्मक बैठक सम्पन्न
सर्लाही,पुस १४
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाको मुख सडक निर्माण तथा बसपार्क संचालन सम्बन्धमा सर्वपक्षीय समन्वयात्मक बैठक सम्पन्न भएको छ।
बिहीबार नगरप्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा उक्त बैठक सम्पन्न भएको हो।मलंगवा नपाको सभा हलमा सम्पन्न भएको उक्त बैठकमा नगरपालिकाले वडा न-९ श्रीमती कृष्णा देवी जनता माद्यामिक विद्यालयदेखि वडा न-८ राजश्री सिनेमा हलसम्मको मूल सडकमा सडक कालोपत्रे तथा नाला निर्माणको कार्य गर्न लागेकोले सो सडकमा मापदण्ड अनुसार परेका भौतिक संरचनाहरु हटाउन र मलंगवा नपा-२ स्थित जिल्ला प्रहरी कार्यालयको छेउमा भेडियाही जाने मुख्य सडकमा निर्माण सम्पन्न भई तयारी अवस्थामा रहेको करोडौंको लागतको बसपार्क संचालनको विषयमा छलफल गरिएको थियो।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment