Wednesday, December 21, 2022

आईएमई लाईफ इन्स्योरेन्सले गरे सवारी दुर्घटनामा ज्यान गुमाएका एक व्यक्तिको मृत्युुदावी भुक्तानी

 

आईएमई लाईफ इन्स्योरेन्सले गरे सवारी दुर्घटनामा ज्यान गुमाएका एक व्यक्तिको मृत्युुदावी भुक्तानी

लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस ६

    आईएमई लाईफ इन्स्योरेन्सको हरिवन स्थित शाखा कार्यालयले  सर्लाहीको बागमती नगरपालिका वडा न-९ शंकरपुरका एक व्यक्तिको ५ लाख २४ हजार मृत्युुदावी भुक्तानी गरेको छ ।

   संस्थाले  एक कार्यक्रमको आयोजना गरि  बिमा गरेको ६ महिना नबित्दै गत जेष्ठ १८ गते सवारी दुर्घटनामा ज्यान गुमाएका ३१ बर्षिय हिरामन महराकी श्रीमती किरन कुमारी महरालाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो।

   इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख रबि शंकर सर्राफले कम्पनी सदैव बीमतिको हित, सरल सेवा प्रवाह, छिटो छरितो तवरमा दाबी भुक्तानी, जीवन बीमाको जनचेतना र न्युनभन्दा न्युन आयश्रोत भएका समूहमा पहुँचका लागि कटिबद्ध रहेको जानकारी दिए । निधन पछि लगतै हरिवन शाखाका ब्रान्च म्यानेजर राजेश साहले समयमै कम्पनिलाई जानकारी गराउन र कागजी प्रक्रिया अगाडि बढाउन धेरै सहयोग गरेको र कम्पनीको कर्मचारीहरुले पनि राम्रो व्यवहार र सहजीकरण गरि छिटो भुक्तानी गरिदिएको भन्दै मृतक महराकी श्रीमती किरनले कार्यक्रम मार्फत संस्थालाई धन्यवाद दिएकी थिइन्।

   बीम कम्पनीबाट पाउनुपर्ने रकम समयमै नपाउने, कागजी प्रकृया लामो र झन्झटिलो हुने खालका अफवाहका कारण बीमा प्रति बढ्दै गैरहेको अविश्वसलाई चिर्दै कम्पनीले एक हप्ता भित्रै दावी भुक्तानी दिएर बीमा प्रतिको विश्वास कायम राख्न सफल भएको प्रदेश प्रमुख सर्राफले बताए ।

  दावी भुक्तानीको चेक हस्तन्त्रण कार्यक्रममा बागमती नगरपालिका  वडा न-१० का वडाअध्यक्ष शेख जुगेर, वडा न- ९ का भु.पु वडाअध्यक्ष रामबाबु दास, सदस्य मुनिलाल महतो ,एजेन्सी म्यानेजर  दिनेश राय यदव र स्थानीयबासीहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो।

No comments:

Post a Comment