Sunday, December 11, 2022

हुलाकी सडक बनाउन माग गर्दै कौडेना र मुसैलीको जस्तै भेल्हीमा पनि आन्दोलन सुरु

 हुलाकी सडक बनाउन माग गर्दै कौडेना र मुसैलीको जस्तै भेल्हीमा पनि आन्दोलन सुरु



लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर २५

   हुलाकी सडक निर्माणको माग राख्दै भेल्हीका जनताहरु आन्दोलनमा उत्रिएका छन् ।

    यसअधि हुलाकी सडकको निर्माणकार्यमा ढिलासुस्ती भएको भन्दै कौडेना र मुसैलीका जनताहरु पनि आन्दोलनमा उत्रिएका थिए।उनीहरुको आन्दोलन पश्चात् ठेकेदारले  कौडेनामा काम सम्पन्न गरिसकेको छ भने मुसैलीमा काम भइरहेको छ।तर ती दुई गाउँ बाहेक अन्य ठाउँको कामप्रति ठेकेदारले चासो नदेखाएपछि भेल्ही गाउँका जनताहरु बाध्य भएर आइतवार बिहानदेखि आन्दोलनमा उत्रिएका हुन।

    आइतवार बिहान उनीहरू विरोध स्वरूप भेल्ही-मलंगवा सडक खण्डमा टायर बालेर नाराबाजी गर्दै प्रदर्शन गर्नुका साथै  बाँस तेर्साएर यातायात अवरुद्ध पारेका थिए।

   कौडेना र मुसैलीमा आन्दोलन हुँदा निर्माण कार्य अघि बढेको तर अन्य ठाउँमा निर्माण कम्पनीले कुनै ध्यान नदिएकोले मलंगवा-भेल्ही सडक खण्डमा पनि निर्माणकार्य अधि बढाउनु पर्ने आफुहरुको माग रहेको स्थानीयहरुले बताएका छन् ।


 

   

   

No comments:

Post a Comment