Friday, December 16, 2022

हुलाकी सडक निर्माणकाे कार्यमा अब ढिलाई भए ठाउँकाे ठाउँ कारवाही गर्ने - प्रजिअ गाैतमकाे चेतावनी

 हुलाकी सडक निर्माणकाे कार्यमा अब ढिलाई भए ठाउँकाे ठाउँ कारवाही गर्ने - प्रजिअ गाैतमकाे चेतावनी   

       
                                                         बखतियार अलि....                                  सर्लाही,पुस १

    राष्ट्रिय गाैरवकाे आयाेजना हुलाकी सडक निर्माणकाे कार्यमा अब ढिलाई भयाे भने ठाउँकाे ठाउँ कारवाही हुने सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गाैतमले चेतावनी दिनु भएकाे छ । आज(शुक्रवार) बसेकाे सर्वदलीय   बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो।

     मधेश प्रदेशमा रहेका सबै जिल्लाहरुमा हुलाकी सडक निर्माण कार्य पूरा भएपनि सर्लाहीमा के-कति कारणले हुलाकी सडकको काम  अवरुद्ध भइरहेको हो भन्ने विषयमा छलफल गर्न बैठकको आयोजना गरिएको थियो। 

    प्रतिनिधि सभा सदस्य महेन्द्र राय यादव र  प्रदेश प्रदेश सभा सदस्य काैशल किशाेर रायको  प्रमुख आतिथ्यमा बसेको सर्वदलीय बैठकमा जिल्लाको पुर्व पश्चिम सडक अन्तर्गतका केही ठाउँमा ठेकेदार कम्पनीले हुलाकी राजमार्ग सडककाे निर्माण कार्य सकेकाे बताएपछि मुख्यत: पुर्वमा पर्सा गाउँपालिका देखि पश्चिममा गाेडैता नगरपालिकासम्म विगत २ दशक देखि हुलाकी सडक निर्माण कार्य कछुवाकाे गतिमा भईरहेकाेले यस  क्षेत्रका स्थानीयहरूले पटकपटक चक्काजाम गरि सडकमा टायर बालेर विराेध पर्दर्शन समेत गर्दै आएका छन्। वर्षा याममा हिलाम्मे र सुख्खा माैसममा धुलाेले गर्दा यस क्षेत्रका जनताहरु आजित भएर आन्दोलन गर्दै आए पनि सडक नबन्दा उक्त सडकमा दैनिकी रूपमा दुर्घटनाहरु हुने गरेको नागरिक समाजका संयाेजक उग्रकान्त झाले बताए ।

    हुलाकी सडक निर्माणको माग गर्दै स्थानीयहरू दैनिक जसो आन्दोलन गर्न थालेपछि आज(शुक्रवार) १६ औ पटक यस विषयलाई लिएर बसेको सर्वदलीय बैठक मार्फत प्रजिअ गाैतमले ठेकेदारहरूलाई चाँडोभन्दा चाँडो हुलाकी  सडकको काम सम्पन्न गर्न र यदि काममा ढिलाई भए ठाउँको ठाउँ कारवाही गर्ने चेतावनी दिए। 

   बैठकमा जिल्ला समन्वय समिति प्रमुख काैशल सिंह, ब्रह्मपुरी गाउँपालिका अध्यक्ष रामपदारथ साह, सुरक्षा निकायका प्रमुख सहित विभिन्न पार्टी का प्रतिनिधि तथा अध्यक्षहरू लगायतको उपस्थित रहेकाे थियाे ।

No comments:

Post a Comment