Friday, December 16, 2022

सर्लाहीको रामनगरमा गोली प्रहारबाट सशस्त्र प्रहरीका जवान गम्भीर घाइते,घटनामा संलग्न एकजना पक्राउ



सर्लाहीको रामनगरमा गोली प्रहारबाट  सशस्त्र प्रहरीका जवान गम्भीर घाइते,घटनामा संलग्न एकजना पक्राउ


लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस १

    सर्लाहीको रामनगर  गाउँपालिका वडा न-७ मा गोली प्रहारबाट सशस्त्र प्रहरीका एक जवान गम्भीर घाइते भएका छन्।

  हाल काभ्रे जिल्लामा कार्यरत सशस्त्र प्रहरीका जवान ३२ वर्षीय  सुरेश साह माथि आज(शुक्रवार)साँझ करिब सात बजे आफ्ना केही साथीहरु सँग बसेर नास्ता खाइरहेको अवस्थामा गोली प्रहार भएको थियो। पाखुरामा एक गोली लागेर गम्भीर घाइते भएका साहलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

  घटनामा संलग्न मध्येबाट एकजना ब्यक्ति रामप्रवेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  सशस्त्र जवान साह भर्खरै बिदामा घर आएको जनाइएको छ।उपचारार्थ  साहको अवस्था सामान्य रहेको र घटनाको सम्बन्धमा अनुसंधान भइरहेकोले थप विवरण आउन बाँकी रहेको जिप्रका सर्लाहीले जनाएको छ।





No comments:

Post a Comment