Monday, December 5, 2022

मलंगवामा इंगेज परियोजनाको समीक्षा तथा हस्तान्तरण कार्यक्रम सम्पन्न

 


मलंगवामा इंगेज परियोजनाको समीक्षा तथा हस्तान्तरण कार्यक्रम सम्पन्न

मनोज यादव---

सर्लाही,मंसिर १९

  विगत ४ वर्षदेखि  प्रेरणा,भि.एस.ओ र एच.आइ को साझेदारीमा मलंगवा नगरपालिकामा संचालित किशोरी सशक्तीकरणको लागि शिक्षा कार्यक्रम (INGAGE project)को आइतवार समीक्षा गरि उक्त कार्यक्रम मलंगवा नगरपालिकालाई हस्तान्तरण गरिएको छ।

    सन् २०१८ को अगस्ट देखि सुरु  भई सन् २०२२ को डिसेम्बर महिनामा फेजआउट हुन लागेको उक्त  प्रोजेक्ट सोमबार सदरमुकाम मलंगवा स्थित महेन्द्र होटलमा एक कार्यक्रमको आयोजना गरि १२ प्रमुख प्रशासकीय अधिकृत तथा १२ वटै वडाका वडाप्रमुखहरुको रोहवरमा   नगर प्रमुख नागेन्द्र प्रसाद रायलाई हस्तान्तरण गरिएको हो।

    दिगोपनाको लागि  संचालन भइरहेको कार्यक्रमहरु विद्यालय जाने बालबालिकालाई निरन्तरता दिन ,विभिन्न सीपहरु सिकेका बालबालिकाहरुलाई निरन्तरता दिन,सामुदायिक सिकाई केन्द्रलाई निरन्तरता दिन,बालिका तथा सामाजिक शिक्षा संजाललाई निरन्तरता दिन,अपाङ्गता भएका बालबालिकाहरुलाई दिइने सरसहयोग लाई निरन्तरता दिन भन्दै प्रोजेक्ट हस्तान्तरण गरेको प्रेरणाका कार्यक्रम संयोजक  रामचन्द्र चौधरीले जानकारी दिनुभयो ।

    प्रमुख प्रसासकीय अधिकृत गेहनाथ गौतमको अध्यक्षता तथा नगर प्रमुख रायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वडा न१ देखि १२ सम्मका वडाअध्यक्षहरु लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो।

   प्रोजेक्टको समीक्षा समेत गरिएको उक्त कार्यक्रम मार्फत नगर प्रमुख रायले यसलाई निरन्तरता दिने प्रतिबद्धता गरेका थिए।

  
  

No comments:

Post a Comment