Friday, December 9, 2022

पब्लिक माविको पठनपाठन बोर्डिङ स्कुलको तुलनामा राम्रो भएकोले नगरपालिकाबाट सबैखाले सुविधा प्रदान गर्ने मेयर यादवको प्रतिबद्धता

 


पब्लिक माविको पठनपाठन बोर्डिङ स्कुलको तुलनामा राम्रो भएकोले नगरपालिकाबाट सबैखाले सुविधा प्रदान गर्ने मेयर यादवको प्रतिबद्धता

लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर २३

मलंगवा नगरपालिका वडा न-२ झण्डा बजार स्थित श्री पब्लिक  माध्यमिक विधालयमा ४ कोठे भवनको शिलान्यास गरिएको छ ।

   राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बन्न लागिएको उक्त भवनको शुक्रवार नगरप्रमुख नागेन्द्र प्रसाद यादवले शिलान्यास गरेका हुन्।

   राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत उपलब्ध गराएको ३६ लाख रुपैयाको लागतमा विद्यालयको प्रांगणमा ४ वटा कोठा निर्माण गर्न थालिएको विधालयका प्रधानाध्यापक सुवास कुमार यादवले जानकारी दिए।विद्यालयकै प्रांगणमा अबको केही दिनभित्र सवा करोडको लागतमा पनि  भवनको निर्माण गरिने र यसका लागि ठेक्का समेत लागिसकेको प्रअ यादवले जानकारी दिएको छ।

   शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख यादवले जिल्लाकै सबैभन्दा पुरानो विद्यालयको रुपमा रहेको पब्लिक माविले अंग्रेजी माध्यममा पठनपाठन हुने नगर भित्रका अन्य सुविधा सम्पन्न निजी  विद्यालयहरु सँग प्रतिस्पर्धा गर्दै आएको र ती निजी विद्यालयहरुमा हुने पढाइको तुलनामा राम्रो गर्दै आएकोले यस विद्यालयको शैक्षिक सुधार र  व्यवस्थापनको लागि नगरपालिकाबाट सबैखाले सुविधाहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।

    वडा न-२ का वडाअध्यक्ष धिरेन्द्र साह,निवर्तमान वडाअध्यक्ष राम उजैन राय, विधालय व्यवस्थापन समितिका अध्यक्ष बिरजु कुमार यादव,इन्सेक प्रतिनिधि बुधन साह, शिक्षक,शिक्षिका,विद्यार्थी लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन विभास कुमार कर्णले गरेको  शिक्षक प्रतिनिधि राम विश्वास साहले जनाएको छ।

No comments:

Post a Comment