Monday, December 12, 2022

लेख✍️ @अधिकार प्राप्तिको लागि संघर्ष

 लेख✍️

@अधिकार प्राप्तिको लागि संघर्ष 



सुवास कर्ण(शिक्षक)

मलंगवा 

     

    समाज उत्थान सँगै हरेक वर्ग जात जाति समुदाय आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्दै आएको इतिहास छ ।आफ्नो अस्तित्व को लागि शक्तिका रुपमा आफ्नो सामु रहेका समुदाय का अगुवा संग लडाई चल्दै आएको छ ।यही लडाई मा कमजोर परेका समुदाय जात जाति का लागि आवाज बनेर लड्ने अभियन्ताका रुपमा विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय संघ संस्था को उठान भयो आवाजबुठाए पनि कहीं  राज्य सामाज द्वारा सुनियो पनि कहीं आवाज दबाउने प्रयास गरियो जसको अगाडि मानवाधिकार कार्यकर्ता निरिह पनि भए ।समाज राज्य बाट दमन शोषण भएका व्यक्ति हरु कहीं न्याय पाए त कहीं लडाई लड्दै छन् आशु बगाउने बाहेक न्याय पाएन ।कहीं दहेज का लागि महिला के ज्यान गुमाउनु परेको छ त कहीं जिउदै जल्नु परेको छ त कहीं बिछोड पत्र लिएर जिउने बाध्य भएको छ तर न्याय को आश छोड्न सकेको छैन ।गरिबी रेखामुनि जन्मेका सन्तान लाई पनि पढ्ने रहर हुन्छ समाज को अरु सन्तान जस्तै बाँच्ने रहर हुन्छ तर उनका यो सबै रहर सपना बनेर हराएको हामी ले पक्कै पनि महसुस गरेको हुनै पर्छ ।ठूला बडा का सन्तान हाम्रो बीच आए हामी अँगालो मार्छौ काखी लिन्छौं ताकि ती ठूला बडा को नजर मा हाम्रो इमेज बनोस् तर त्यही ठाउँमा यदि गरीब का छोराछोरी भेटे भने हामी के खबर भनेर सोध्न पनि आफू। लाई अपमान भएको महसुस गर्छौं ।के अधिकार को लागि आवाज मात्र बनेर समाज मा हामी आफ्नो पहिचान बनाउने की आवाज बनेर अधिकार पनि दिलाउने ।समाज शिक्षित भए परिवार राज्य शिक्षित हुन्छ र अधिकार को लागि लड्नु भन्दा आफ्नो स्वविवेक ले बाँच्न पाउँछ त्यसैले अशिक्षित रहेका समाज लाई शिक्षित बनाउनु पर्छ शिक्षा बाट वञ्चित सन्तान लाई खोजेर विद्यालय सम्म पुर्याउने दायित्व कर्तव्य जिम्मेवारी पनि हामी मानवअधिकार कर्मी को रहेछ । यो तस्वीर मा एउटी आमाले आफ्नो सन्तान घर परिवार का लागि यस्तो कदम चालेको देख्दा पक्कै पनि आमा को माया प्रति सहानुभूति होला तर काखमा रहेका बच्चा लाई उसको भविष्य सम्म पुर्याउने हामी कुनै अधिकार कर्मी आवाज उठाउन सकेनौं ।कति पीडा कति बाध्यता कति जिम्मेवार यी आमा छिन् पीडा सहेर पनि सन्तान लाई काखी को माया दिन बाट वञ्चित गरेकी छैन ।समाज मा सनतान भएका आमाबुवा आज वृद्धाश्रम मा बस्न किन् बाध्य छन् त आमाबुवा दुइटै जागीरे भएर काखे बालक ले पाउने माया बाट किन वञ्चित भएका छन् सानै उमेरमा केयर टेकर को आवश्यकता भयो त किन हाम्रो समाज ले स्वीकार गरेका सभ्यता संस्कृति लाई बिर्सेर समाज लाई सहन पीडा हुने संस्कृति लाई अपनाई रहेका छौं किन राजनीति क्षेत्रमा महिलाको सहभागिता पाई रहेकी छैन पाए पनि समाज ले किन अगाडि ल्याउन सकेको छैन अधिकार शब्द मा कुरा धेरै छ तर हामी आफूलाई सहज कर्ता र मध्यसकर्ता को रुपमा मात्र पहिचान बनाउन सफल छौं कहीं कतै अधिकार दिलाउन सफल पनि भएका छौ त कहीं कतै आवाज मात्र बनेका छौं ।

आउ सबै मानवअधिकार कर्मी आफ्ना आफ्ना नीति एजेण्डा लिएर सामूहिक रुपमा समाज को लागि शक्ति बनौ।

अन्त्यमा मानवअधिकार दिवस को उपलक्ष्यमा हाम्रो आवाज कसैका लागि जीवन बनेर आओस शुभकामना ।

No comments:

Post a Comment