Saturday, December 17, 2022

सर्लाहीका महिला समूहहरु बिच अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न

 

सर्लाहीका महिला समूहहरु बिच अनुभव आदान प्रदान कार्यक्रम  सम्पन्न

लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस २

   सर्लाहीको सदरमुकाम मलंगवामा सर्लाहीका ६ वटा ग्रासरुट महिलाहरुको समूहले एक कार्यक्रमको आयोजना गरि एकआपसमा अनुभव आदान प्रदान गरेका छन् ।

   यु.एन ओम्यानको सहयोग,  ल्याक ,भि.सि.डि.सी र डि.डब्लु.आर.एफ को  आयोजना र  महिला समूहहरुको सहकार्यमा  महिलाहरुको न्यायमा पहुँच अभिवृद्धिको लागि संचालित परियोजना अनुसार दोस्रो चरणको कार्यक्रम अन्तर्गत एकबद्धता कायम गर्न तथा वकालतलाई सुदृढ गर्नका लागि जिल्लाको  बरहथवा, चन्द्रनगर,ब्रम्हपुरी,हरिपुर्वा,पर्सा र बागमतीमा रहेका ग्रासरुट महिलाहरुको समूहले अनुभव आदान प्रदान गरेका हुन्।

   बरहथवामा रहेको  छोरी समूह ,बागमतीमा दिदीबहिनी साना किसान कृषि समूह ,ब्रह्मपुरीमा कारिकबाबा महिला समूह,चन्द्रनगरमा मछियामाई महिला समूह ,पर्सामा बिहुला सती महिला समूह र हरिपुर्वामा दिव्यज्योती महिला विकास समितिले आआफ्नो पालिकामा महिलाहरुको मुद्दा हेर्ने क्रममा आएका चुनौती,भोगेका समस्या र ती समस्याहरुको समाधान गर्दा खेरीको अनुभव र भोगाइहरु एकआपसमा साटासाट गरेको महिला अधिकारकर्मी लक्ष्मी सिंहले जानकारी दिए।

    

No comments:

Post a Comment