Wednesday, March 22, 2023

चैत्र नवरात्रको अवसरमा मलंगवामा निकालियो भब्य कलश तथा ध्वजा यात्रा


चैत्र नवरात्रको अवसरमा मलंगवामा निकालियो भब्य कलश तथा ध्वजा यात्रा

लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत्र ८

   यस वर्षको चैत्र नवमीको बुधवारबाट  सुरु भएको छ ।चैत्र नवमीको अवसरमा पहिलो दिन सर्लाहीको सदरमुकाम मलंगवामा हजारौ पुरुष तथा महिला श्रद्धालुहरु सहितको  कलश तथा भब्य ध्वजा यात्रा निकालिएको छ।

    नवरात्रको लागि भएको कलशयात्रा पछि  विधिवत रुपमा पुजा शुरु भएको छ । मलंगवा नगरपालिका वडा न-८ स्थित रहेको भगवती मन्दिरबाट बुधबार बिहान धार्मिक झाँकी र  बाजागाजासहित निकालिएको यात्रा नगरको विभिन्न भागको परिक्रमा गरि पुन:सोही स्थानमा पुगि सम्पन्न भएको थियो।

   उक्त यात्रामा बनेका भगवान शिव,पार्वती लगायत विभिन्न श्रृषिमुनीहरुको सजिव प्रतिक हेर्न लायकको रहेको यात्रा अवलोकन गर्न आआफ्नो घर अगाडी उभेका स्थानीयबासीहरु सुनाएका थिए।

    यात्रामा नगर प्रमुख नागेन्द्र प्रसाद यादव,प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम ,वडा अध्यक्षहरु मुकेश जयसवाल,मुकेश झा,चन्देश्वर राय, प्रमोद यादव, स्थानीय व्यापारी संजय गुप्ता(सुगन्ध),गौतम सर्राफसहित स्थानीय बुद्धिजीवी ,व्यापारी ,समाजसेवी ,साधुसंत लगायत हजारौं स्थानीय पुरुष तथा महिलाहरुको सहभागीता रहेको थियो।

No comments:

Post a Comment