Tuesday, March 7, 2023

मलंगवाको फुलमत माईको मन्दिरमा चोरी गर्ने चोर सामानसहित पक्राउ

  मलंगवाको फुलमत माईको मन्दिरमा चोरी गर्ने चोर सामानसहित पक्राउ 



लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन २३

      प्रहरीले सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाको एक मन्दिरमा चोरी गर्ने २ जना चोरहरुलाई चोरीको सामानसहित पक्राउ गरेको छ। 

    प्रहरीले बुधबार  मलंगवा न.पा को बडा न-९ र ब्रम्हपुरी गाउँपालिकाको भेल्ही अन्तर्गत पर्ने हुलाकी सडकको छेउमा रहेको राजदेवी मन्दिर(फुलमत माई)मा चोरी गर्ने दुइजना चोरलाई उक्त मन्दिरबाट चोरी गरेको सामानसहित पक्राउ गरेको हो।

    पक्राउ पर्नेहरुमा मलंगवा न.पा वडा न-१० बस्ने परभंस चाैधरीका छाेरा संजय चाैधरी तथा सोही न.पा वडा नं-३ बस्ने जमसेद लहेरी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।




 

No comments:

Post a Comment