Monday, March 27, 2023

पत्रकारहरुका लागि नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

 


पत्रकारहरुका लागि नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

अजिता चौधरी....

सर्लाही,चैत्र १३

     नेपाल नेत्र ज्योति संघको ४५ औं स्थापना दिवसको उपलक्ष्यमा सर्लाहीका पत्रकारहरुको लागि एकदिने नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। नेपाल नेत्र ज्योति संघ ,लहान आँखा तथा कान उपचार प्रणाली,सगरमाथा चौधरी आँखा अस्पताल,लहानको आयोजनामा सोमबार मलंगवा स्थित सर्लाही आँखा केन्द्रमा शिविरको आयोजना भएको हो।

    बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म चलेको उक्त शिविरमा सदरमुकाम मलंगवासहित आसपासका पालिकाका करिब ३ दर्जन भन्दा बढी पत्रकारहरुले आँखा जाँच गराएका थिए भने राजमार्ग तर्फका पत्रकारहरुले आँखा उपचार केन्द्र लालबन्दीमा आआफ्नो जाँच गराएका थिए।

    ४५ औ स्थापना दिवसको उपलक्षमा संघले देशका सातै प्रदेशमा रहेका पत्रकारहरुका लागि निशुल्क शिविर आयोजना गरेको हो। शिविरमा आँखा जाँच गराउने पत्रकारहरुलाई आवश्यक्ताको आधारमा औषधि देखि चस्मा निशुल्क वितरण समेत गरिएको थियो।

No comments:

Post a Comment