Monday, March 20, 2023

घरमै पार्किङ गरि राखेको २ वटा टयाक्टर चोरी,गस्तीका बाबजुद पनि चोरी हुँदा सुरक्षा संयन्त्रको नियत प्रति स्थानीयको शंका

 

घरमै पार्किङ गरि राखेको  २ वटा टयाक्टर चोरी,गस्तीका बाबजुद पनि चोरी हुँदा सुरक्षा संयन्त्रको नियत प्रति स्थानीयको शंका

लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत ६

      सर्लाही जिल्लाका शहरी क्षेत्रमा मात्र नभइ ग्रामीण क्षेत्रमा पनि चोरीका घटनाहरु बढेका छन् ।चोरहरुले पछिल्लो समय साइकल ,मोटरसाइकल जस्ता साना  गाडीहरु मात्र नभइ ठुलाठुला सवारीसाधनहरु समेत चोरी गर्न थालेका छन् ।

     यसै क्रममा चैत्र १ गते राती जिल्लाको ईश्वरपुर नगरपालिका वडा न-७ शान्तिपुर टोल स्थित शुशिला देवी साह सुडीको घरको कम्पाउण्डमा पार्किङ गरेर राखेको  ट्याक्टर चोरी भएको छ।पिस लुम्बिनी इन्टरनेशनल कम्पनीको नाममा रहेको र शुशिला देवीले खरिद गरेको ON TEST Escorts Powertrac Euro 50  टयाक्टर चोरी भएको हो।

   त्यस्तै सोही नगरपालिका स्थित करमुहानबाट गत फाल्गुन मसान्तमा घरमा पार्किङ गरि राखेको सोनालिका ट्याक्टर चोरी भएको छ।ट्याक्टर चोरी भएपनि साँचो भने सवारी धनीसँगै रहेको  पिडितहरुले बताएका छन् ।

    पछिल्लो समयमा ठूला सवारी साधन समेत पार्किङ गरेको स्थानबाटै चोरी हुँदा सर्लाहीको सुरक्षा क्षेत्रमा चुनौति थपिएको छ। जिल्लामा  डर लाग्दो चोरीका घटना बढ्न थालेका छन्। चोरी भएको स्थानमा सुरक्षाकर्मीहरु ड्युटीमा बस्छ। नियमित गस्ती समेत गर्छ। तर पनि चोरी हुनु निकै दुःखद रहेको स्थानीय बुद्धिजीवीहरु बताउँछन् ।    

     नियमित गस्तीका बाबजुद  चोरी हुनुले सुरक्षा संयन्त्रको नियत प्रति स्थानीयहरु मनमा  शंका उत्पन्न भएको छ।

No comments:

Post a Comment