Tuesday, March 28, 2023

रमजानको अवसरमा दुई सय एकल मुस्लिम महिला तथा गरिब अपाङ्गता ब्यक्तिहरुलाई खाद्यान्न सामाग्री वितरण

 

रमजानको अवसरमा दुई सय एकल मुस्लिम महिला तथा गरिब अपाङ्गता ब्यक्तिहरुलाई खाद्यान्न सामाग्री वितरण

मनोज यादव---


सर्लाही,चैत्र १४

    मुस्लिम समुदायको महत्वपूर्ण महिनाको रुपमा चिनिने रमजान महिनाको अवसरमा सर्लाहीको हरिपुर नगरपालिका वडा न-३ फरहदवाका दुई सय एकल मुस्लिम महिला,गरिब तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

    स्थानीय समाज विकास केन्द्र हरिपुरले हेल्पिङ्ग ह्यान्ड फर रिलिफ एण्ड डेभलपमेन्ट काठमाडौबाट सहयोग प्राप्त गरेको खाद्यान्न सामाग्री     मंगलबार फरहदवा स्थित वडा कार्यालय नजिक आयोजक संस्थाका अध्यक्ष एवं मधेस प्रदेश सांसद विमला अन्सारी`तरन्नुम´ को अध्यक्षता र पुर्व मन्त्री मोहम्मद रिजवान अन्सारीको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरि खाद्यान्न सामाग्री वितरण गरिएको हो।

    गत बिहिवारदेखि सुरु भएको रमजान लगातार ३० दिनसम्म चल्ने गर्छ।यस पर्वमा मुस्लिमहरु एक महिनासम्म एकछाक मात्र खाएर बस्ने गर्छन् ।त्यही एकछाक खान गरिब र एकल महिलालाई समस्या नहोस् भन्ने उदेश्यले प्रति ब्यक्ति २५ किलो चामल, ५ किलो पीठो, २ किलो चना ,२ किलो चीनी ,२ किलो चिउरा,२ लिटर तेल र आधा किलो खजुर वितरण गरेको आयोजक संस्थाका सल्लाहकार टेक बहादुर थापाले जानकारी दिए ।

    मुस्लिम समुदायले एक महिनासम्म व्रत बस्ने रमजान महिनामा सहयोग गर्यो भने सत्तरी गुणा बढी पुण्य पाउने विश्वास रहेको छ ।

No comments:

Post a Comment