Wednesday, March 8, 2023

मलंगवामा महिलाहरुलाई होलीको उपहार वितरण गरि १ सय १३औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो


मलंगवामा महिलाहरुलाई होलीको उपहार वितरण गरि १ सय १३औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो

लोकतन्त्र समाचारदाता---

सर्लाही,फागुन २४

   आज ११३औं अन्तर्राष्ट्रिय नारी दिवस,"लैंगिक समानताको बलियो आधार ,सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार" भन्ने नारासहित सर्लाहीमा  विभिन्न कार्यक्रम गरि यो दिवस मनाएको छ।

       दिवसको अवसरमा मलंगवा नगरपालिकाको प्रायोजनमा  महिला अधिकारको पक्षमा वकालत गर्दै आएका महिला संजाल मलंगवाले महिलाहरुहरु सँग होलीको शुभकामना आदान प्रदान गरि उपहार वितरण गरेको छ।

    दिवसको अवसरमा बुधबार बिहान संजालकी अध्यक्ष गिता अमात्यको अध्यक्षतामा मलंगवा न.पा को सभाहलमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख नागेन्द्र प्रसाद यादवले महिलालाई सशक्त रूपमा अघि बढ्न आह्वान गरे। महिलाहरु अघि नबढेसम्म देश विकास हुन नसक्ने भन्दै उनले घरबाहिरको भूमिकामा सक्रिय हुन आग्रह गरे।यस अवसरमा नगर प्रमुख यादवले नगरपालिका अन्तर्गतका १२ वटै वडाका महिलाहरुलाई उपहार स्वरुप एक एक थान ब्लाउजको कपडा वितरण गरि अवीर लगाएर होलीको शुभकामना दिएका थिए।

    सूचना अधिकृत राजकुमार अधिकारीले संचालन गरेको कार्यक्रममा नागरिक समाज सर्लाहीका अध्यक्ष तथा महासचिव उग्रकान्त झा र शिवचन्द्र चौधरीले शुभकामना मन्तव्य राखेका थिए भने स्वगत मन्तव्य संजालकी सचिव संगिता परियारले राखेकी थिइन्।

No comments:

Post a Comment