Sunday, March 12, 2023

सामुदायिक प्रहरी सेवा केन्द्र सर्लाहीका नवनिर्वाचित पदाधिकारीहरुले लिए सपथ

 


सामुदायिक प्रहरी सेवा केन्द्र सर्लाहीका नवनिर्वाचित पदाधिकारीहरुले लिए सपथ



अजिता चौधरी ---

सर्लाही,फाल्गुन २८

      सामुदायिक प्रहरी सेवा केन्द्रको तेस्रो  वार्षिक साधारण सभाबाट निर्वाचित भएका नवनिर्वाचित पदाधिकारीहरुले शनिवार पद तथा गोपनियताको सपथ लिएका छन् ।

    मलंगवा नगरपालिका वडा न-८ स्थित   केन्द्रको प्रांगणमा प्रहरी उपरीक्षक नरेशराज सुवेदीको अध्यक्षतामा  आयोजित कार्यक्रम मार्फत नवनिर्वाचित अध्यक्ष संजय प्रसाद गुप्तासहितका पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ लिएका हुन। 

      कार्यक्रमको उद्घाटन् प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ब्यानर पढेर गरेका थिए भने स्वागत मन्तव्य केन्द्रकी नवनिर्वाचित स-सचिव मिरा रानीले गरेकी थिइन्।

कार्यक्रमका प्रमुख अतिथी प्रजिअ  यादवले नागरिक र प्रहरीबीचको सुमधुर सम्बन्ध स्थापित गर्न सामुदायिक प्रहरीले पुलको काम गरिरहेको र यसले समाजमा बढ्दै गएको विकृतीलाई न्यूनिकरण गर्न समेत विना वर्दीको प्रहरीको रुपमा  प्रहरीसँग हातेमालो गर्दै अघि बढेको समेत बताए । साथै उनले नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरुको सफल कार्यकालको शुभकामना समेत दिए।

   कार्यक्रममा प्रहरी उपरीक्षक सुवेदी ,मलंगवा नगरपालिकाकी उपमेयर शकुन्तला देवी साह,  वडा न-२ का वडाअध्यक्ष धिरेन्द्र साह,सशस्त्र प्रहरी प्रमुख तुल बहादुर भण्डारी  ,अनुसंधान प्रमुख संतोष ढुंगेल,रेडियो वर्षाका अध्यक्ष कृष्णा सिंह  लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

     सोही कार्यक्रम मार्फत  निर्वाचन सम्बन्धि सम्पुर्ण काम हेरेका निर्वाचन समिति संयोजक  अधिवक्ताद्वय मोहन राय यादव र मिथिलेश कुमार सिंह तथा केन्द्रलाई सहयोग गर्ने मलंगवा न.पा का वडा अध्यक्षहरु,स्थानीय भद्रभलादमीहरु लगायत विशिष्ट व्यक्तिहरुलाई जिल्ला सा.प्र.सेवा केन्द्रले कदर पत्र प्रदान गरेर सम्मान गरेका थिए।



No comments:

Post a Comment