Wednesday, March 29, 2023

धुलो पिडित स्थानीयबासी द्वारा सडक जाम


धुलो पिडित स्थानीयबासी द्वारा सडक जाम

लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत्र १५

    निर्माणाधीन अवस्थामा रहेको हुलाकी राजमार्ग अन्तर्गत मलंगवा- मुसैली सडकखण्डमा मुसैलीका स्थानीयबासीहरुले बुधबार सडक अबरुद्ध गरेका छन् ।

    सो सडक खण्डमा कालोपत्रे गर्ने काम बिचमै रोकिए पछि  सडकमा गुड्ने सवारीसाधनका कारण उड्ने धुलोबाट मानिसहरु बिरामी पर्न थालेको र सडक छेउमा रहेका घरका मानिसहरुलाई बस्न समेत गार्‍हो हुन  थालेपछि बाध्य भएर कालोपत्रे (पिच) को काम सम्पन्न नहुन्जेलसम्म दिनको दुईपटक भएपनि सडकमा पानी छर्कनु पर्ने माग गर्दै आफुहरुले सडक अवरुद्ध पारेको स्थानीय युवा धिरेन्द्र रायले बताए ।

    सडक कालोपत्रेको काम चाँडै सक्न र पानी छर्कन भन्ने माग राखेर मुसैलीका सयौं युवाहरु बुधबार  बिहानैदेखि सडक अबरुद्ध पारेका थिए।  उनीहरुले सडकमा बाँस तेर्स्याएर सडक अवरुद्ध पार्नुका साथै टायर समेत बालेर प्रदर्शन गरेका थिए।

   दिउँसो १ बजे वडा न-७ को वडाअध्यक्ष ईशा मिकरानीले राजनीतिकर्मी र प्रशासनको रोहबरमा ठेकेदारको प्रतिनिधि सँग सडक कालोपत्रेको काम सम्पन्न नहुन्जेलसम्म दिनको दुईपटक पानी छर्कने भन्ने सम्झौता पछि सडक सुचारु गरिएको थियो।

No comments:

Post a Comment