Wednesday, March 29, 2023

सर्लाहीको मलंगवामा सम्मान तथा भक्तिमय जागरण कार्यक्रम सम्पन्न


सर्लाहीको मलंगवामा सम्मान तथा भक्तिमय जागरण कार्यक्रम सम्पन्न

अजिता चौधरी---

सर्लाही,चैत्र १५

   श्री माँ दुर्गा भगवती मन्दिरको आयोजनामा सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ स्थित मोहरसिंह धर्मशालामा सम्मान तथा भक्तिमय जागरण कार्यक्रम सम्पन्न भएको छ। चैत्र नवरात्रा- २०७९,श्री माँ दुर्गा पुजा उत्सवको अवसरमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

     मंगलबार साँझ आयोजना भएको कार्यक्रममा दुर्गा पुजन उत्सवलाई भब्य,सभ्य र सफल बनाउन आआफ्नो स्तरबाट सहयोग पुर्‍याउने विशिष्ट ब्यक्तिहरुसहित क्रियाशील पत्रकारहरुलाई सम्मान गरेको आयोजक कमिटीका संयोजक गौतम सर्राफले बताए । 

  सप्तमीको दिन परेकोले साँझ नगरप्रमुख नागेन्द्र प्रसाद यादवले दुर्गा भगवती मन्दिरमा महाआरती गरेका थिए।आरती पछि सम्मानको कार्यक्रम सम्पन्न गरि भारतको पटनाबाट आएको  भक्तिमय जागरण एवं झाँकी प्रस्तुत गरि रातभर सयौं महिला र पुरुष श्रद्धालुहरुलाई मनोरञ्जन गराइएको थियो।

    कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख यादवसहित जिल्ला समन्वय समितिका सभापति कौशल किशोर सिंह,प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम ,नागरिक समाजका अगुवा,विभिन्न वडाका वडाअध्यक्ष ,पत्रकारहरु लगायत स्थानीयबासीहरुको बाक्लो उपस्थिति रहेको थियो।

     आयोजक कमिटीका सदस्यहरु  विकास गुप्ता ,उदय जयसवाल,अनिल यादव,नागेन्द्र साह र बिजय ठाकुर लगायत अन्य सहयोगीहरुले चैत्र नवरात्रा सुरु भएको दिनदेखिनै उत्सवलाई व्यवस्थित र सफल बनाउन दिनरात खटिरहेको भन्दै कमिटीका संयोजक सर्राफले उनीहरूलाई पनि विशेष रुपमा धन्यवाद दिएका छन् ।



No comments:

Post a Comment