Friday, March 3, 2023

नगरपालिकाको ३६औं स्थापना दिवस भब्यताका साथ सम्पन्न,छुट्टै लोगो सार्वजनिक

 

 नगरपालिकाको ३६औं स्थापना दिवस भब्यताका साथ सम्पन्न,छुट्टै लोगो सार्वजनिक 



लोकतन्त्र समाचारदाता----

सर्लाही,फाल्गुन १९

     मलंगवा नगरपालिकाको ३६औं  स्थापना दिवस भब्यताका साथ सम्पन्न भएको छ ।    

    नगरपालिकाले सर्लाहीको सदरमुकाम मलंगवामा विभिन्न  कार्यक्रमको आयोजना गरि आफ्नो ३६ औं स्थापना दिवस मनाएको छ। बिहीबार  बिहान नगरपालिका कार्यालयको प्रांगनबाट कर्मचारी ,जनप्रतिनिधि ,शिक्षक,  विद्यार्थी,स्थानीय नगरबासीहरु सहितको नगर र्याली निकालिएको छ।र्यली पछि  आन्तरिक पर्यटनलाई बढावा दिन नगर प्रमुख नागेन्द्र प्रसाद यादवले

  नगरको  बिच भागमा रहेको जनसागर पोखरीमा संचालनको लागि राखिएको डुँगाको उद्घाटन गर्नु भएको छ।

   

त्यसपछि मलंगवाको वडा न-१० स्थित तिनबिघे मैदानमा मेयर तथा प्रमुख प्रशासकीय अधिकृत मैत्रीपूर्ण कप फुटबल प्रतियोगिता ,खुल्ला गाग्री फुटाउने प्रतियोगिता र  सामुदायिक तथा निजी विद्यालय स्तरीय नृत्य  प्रतियोगिताको आयोजना गरि विजेताहरुलाई नगदसहित प्रमाणपत्र वितरण गरिएको थियो।


      मलंगवा नगरपालिकाले स्थापनाको लामो अवधिमा एकपटक पनि स्थापना दिवस नमनाएकोले नगरप्रमख यादवको अध्यक्षतामा पुर्व मन्त्री रामचन्द्र रायको प्रमुख आतिथ्यता तथा प्रदेश सांसद कौशल किशोर राय,जिल्ला न्यायाधीश र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको विशिष्ठ आतिथ्यतामा विशेष समारोहको आयोजना गरि आफ्नो छुट्टै प्रतीक चिन्ह लोगो सार्वजनिक गरि स्मारिका विमोचन गरेको छ।

    यसै अवसरमा नगरपालिकाले आम नागरिक सम्म स्वास्थ्य र सकारात्मक समाचार एवं सूचनाको सम्प्रेषण मार्फत सचेतना प्रवर्द्धन गरि प्रसंशनीयकार्य गरेको भन्दै नगरपालिका स्तरीय  मुल्यांकन समितिको छनौट तथा निर्णयअनुसार योहो टेलिभिजन एचडी का सर्लाही सम्वाददाता एवं स्थानीय राष्ट्रिय लोकतन्त्र दैनिक पत्रिकाका सम्पादक मनोज यादवलाई सम्मानपत्र र नगदसहित सम्मानित गरेको छ। नगरपालिकाले एभिन्युज टेलिभिजनका पत्रकार बख्तियार अलीलाई पनि पुरस्कृत गरेको छ।पत्रकार अलीलाई खुल्ला गाग्री फुटाउने प्रतियोगितामा विजेता बने बापत पुरस्कृत गरिएको हो।


     सर्लाही जिल्ला कै पहिलो र सबैभन्दा पुरानो  मलंगवा नगरपालिका तत्कालीन  नगर पञ्चायतको रुपमा बि.स २०४३ साल फाल्गुन १८ गते स्थापना भएको थियो।३०.४४ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस पालिकामा ७ हजार ९ सय १८ घर संख्या ,१० हजार ३०५ परिवार संख्या तथा  महिला र पुरुष गरि जम्मा ५३ हजार २०४ जनसंख्या रहेका छन् ।


    यस नगरपालिकाले भर्खरै नगरको पहिचान झल्कने र सकारात्मक सन्देश प्रवाह गर्ने नगरगान निर्माण गरि प्रयोगमा ल्याइसकेको छ भने मधेस प्रदेश कै नमूना बसपार्कको रुपमा रहेको सुविधा सम्पन्न नयाँ बसपार्क पनि संचालनमा ल्याइसकेको छ।




No comments:

Post a Comment