Saturday, March 4, 2023

छतौनाका स्थानीय नेता तथा जनताहरुले बाँडे होलीको शुभकामना

 छतौनाका स्थानीय नेता तथा जनताहरुले बाँडे होलीको शुभकामना 

 

लोकतन्त्र समाचारदाता----

सर्लाही,फाल्गुन २०

      सर्लाहीको बलरानगरपालिका वडा न-११ ,छतौनाका स्थानीय नेता तथा जनताहरुले एकआपसमा होलीको शुभकामना आदान प्रदान गरेका छन् । स्थानीय समाजसेवी तथा नेता श्रीचन राय यादवले शनिवार छतौना स्थित आफ्नो निजी निवासमा स्थानीय नेता तथा स्थानीयबासीहरुलाई सहभागी गराई होली मिलन समारोहको आयोजना गरेका छन् ।

   स्थानीय समाजसेवी हरिनन्दन यादवको अध्यक्षता तथा  युवा नेता एवं सर्लाही निर्वाचन क्षेत्र न -४ का प्रतिनिधि सभा सदस्य  प्रत्यासी राकेश मिश्रको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रमका आयोजक  यादवले होली पर्वको आफ्नै सांस्कृतिक महत्व रहेकोले यसलाई  एक आपसमा रङ्ग लगाएर आपसी प्रेम र  सद्भाव बांड्दै मनाउन सुझाव दिएका थिए।

     कार्यक्रममा सहभागी भएका जनमत पार्टीका नेता संजय कुमार सिंह  ,बलरा न.पा.का बडा अध्यक्षहरु अनमोल सिंह ,छीतनु साह,राम प्रवेश सहनी , सुखलाल सहनी ,रामनगर गाउँपालिकाका वडा अध्यक्ष सदानन्द यादव  ,गोडैता न.पा वडा न-१२ का वडाअध्यक्ष केशव कुमार लगायत स्थानीय समाजसेवी तथा जनताहरु होलीको महत्त्वको बारेमा आआफ्नो धारणा राख्दै होलीको शुभकामना   दिएका थिए।


No comments:

Post a Comment