Monday, March 13, 2023

कौडेनामा लैंगिक हिंसा प्रभावित महिला र बालिकाहरुको शिक्षा अधिकारको विषयमा अन्तरक्रिया गरियो

 

कौडेनामा लैंगिक  हिंसा प्रभावित महिला र बालिकाहरुको शिक्षा अधिकारको विषयमा अन्तरक्रिया गरियो

लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन २९

     सर्लाहीको कौडेना गाउँपालिकामा लैंगिक  हिंसा प्रभावित महिला र बालिकाहरुको शिक्षा अधिकारको विषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको छ। ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर शिक्षालागि राष्ट्रिय अभियान नेपाल (एन.सि.इ.नेपाल )ले    कौडेना गा.पा को सँग को सहकार्यमा कार्यक्रमको आयोजना गरि सरोकारवालाहरु सँग अन्तरक्रिया गरेको हो।

   अहिले देशभर लैंगिक  समानताको अधार, सिर्जनात्मक प्राविधिमा पहुँच बिस्तार भन्ने राष्ट्रिय नराका साथ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइ रहँदा एन.सि.इ.नेपालले पनि समाजमा विद्यमान लैंगिक हिंसाको निराकरणको उपाय र बालबालिकाहरुको लागि  शिक्षा लगायत अन्य अधिकारको विषयमा छलफल गर्न गा.पा  उपाध्यक्ष नगिना देविको अध्यक्षता  तथा गा.पा अध्यक्ष रुपेश कुमारको प्रमुख आतिथ्यमा र प्रमुख प्रशासकीय अधिकृत शम्भु यादवको बिशिस्ट आतिथ्यमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको एन.सि.इ नेपालका सर्लाही जिल्ला संयोजक  राजेश पासवानले बताए ।

    फेकु पासवानले संचालन गरेको उक्त  कार्यक्रममा सामुदायिक विद्यालयका प्राधानाध्यापक,विभिन्न वडाका वडाअध्यक्ष,शिक्षा शाखा प्रमुख लखिन्दर मुखिया लगायत विभिन्न  स्थानीय संघ संस्थाका प्रतिनिधिहरुले आआफ्नो धारणा राखेका थिए।कार्यक्रममा स्वागत मन्तव्य बाल कल्याण समाज सर्लाहीका अध्यक्ष सुन्दर श्याम यादवले राखेका थिए ।

     कार्यक्रममा ओरेक नेपालकी  मनोसामाजिक विमर्शकर्ता ममता साह  ,मानव अधिकारकर्मी मनोज पासवान  लगायत ४५ जना भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment