Friday, March 3, 2023

भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको दोस्रो चौमासिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न,उत्कृष्ट शाखाहरु सम्मानित

 

भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको दोस्रो चौमासिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न,उत्कृष्ट शाखाहरु सम्मानित 



लोकतन्त्र समाचारदाता----

सर्लाही,फाल्गुन १९

        भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र सर्लाहीको  नियमित मासिक बैठक तथा दोस्रो चौमासिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

      गोष्ठीमा जिल्लाका २० वटा पालिका अन्तर्गतका पशु सेवा शाखाका शाखा प्रमुखहरुले दोस्रो चौमासिकमा भएका प्रगति प्रतिवेदन तथा कार्यक्रम संचालनको लागि  देखा परेका समस्या र चुनौतिको बारेमा जानकारी तथा समीक्षा गरेका थिए ।अधिकांश स्थानीय तह अन्तर्गतका पशु सेवा शाखामा जनशक्तिको साथसाथै ठाउँको अभाव भएको शाख प्रमुखहरुले बताएका थिए। सम्बन्धित पालिकाले समेत यस शाखा मार्फत काम गर्न र बजेट छुट्याउन चासो नदेखाएका कारण प्रगति उपलब्धि मूलक नभएको उनीहरूले गुनासो गरेका थिए।

      बरिस्ठ पशु विकास अधिकृत शंकर साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको  भुमि व्यवस्था,कृषि तथा  सहकारी मन्त्रालय मधेस प्रदेशका सचिव नम्रता सिहले कार्यक्रम सम्बन्धि ब्यानर अनावरण गरेर उद्घाटन गर्नुभएको थियो।कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि सचिव सिंहले कार्य सम्पादनमा उत्कृष्ट ठहरिएका शाखाका शाखा प्रमुखहरुलाई कदरपत्र द्वारा सम्मानित गर्नुभएको थियो।

    पशु विकास अधिकृत डा.जयप्रकाश यादवले संचालन गरेको कार्यक्रममा विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,भुमि व्यवस्था,कृषि तथा  सहकारी मन्त्रालय मधेस प्रदेशका पुर्व सचिव विजयचन्द्र झा,बीस वटै स्थानीय तह अन्तर्गतका पशु सेवा शाखाका शाखा प्रमुख लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो।

       



 


 


No comments:

Post a Comment