Friday, March 10, 2023

११ मिटर सडक बिस्तार गरे आन्दोलनमा उत्रिने स्थानीयकाे चेतावनी

 ११ मिटर सडक बिस्तार गरे आन्दोलनमा उत्रिने स्थानीयकाे चेतावनी



लोकतन्त्र समाचारदाता----

सर्लाही, फाल्गुन २६ 

     मलंगवा नगरपालिकाले वडा न. ९ भित्रको पूरा मानव बस्तीनै उजाड गरेर सडक निर्माण गर्न  लागेको भन्दै सो वडाका बासिन्दाहरुले आपत्ती जनाएका छन् । घरबार विहिन बनाउने गरि गर्न लागेको सडक विसतार आफुहरुलाई स्विकार नरहेकोले बलजफ्ती यस्तो गरेमा सो को विरोधमा कडा अन्दोलन  गर्ने  वडा न-९ का बासिन्दाहरुले नगरपालिकालाई चेतावनी दिएका छन्। शुक्रवार बिहान पत्रकार सम्मेलनको आयोजना गरि उनीहरुले यस्तो चेतावनी दिएका हुन्।

       मलंगवा न.पा वडा न- ९ का बासिन्दाहरुले संयुक्त रूपमा आयोजना गरेको उक्त पत्रकार सम्मेलन मार्फत  दिनेश चौधरीले यस वडाहरुमा ११ मिटरमा बाटो बनाउने भन्ने सूचना कुनैपनि स्थानीय वडाबासी सँग छलफल नगरी र स्थानीय सरकार संचालन ऐन २०७४ को निर्माण संरचना सम्बन्धि नियमलाई अपहेलित गरि आफ्नै हिसाबले सडक निर्माणकार्य गर्न लागेको आरोप लगाएका छन् । कुनैपनि बाटो अथवा सडक निर्माण विकासको कार्य गर्दा स्थानीय आवश्यक्ता र कम भन्दा कम वातावरणीय क्षतिका साथै नागरिकको सम्पत्ति बचाव गर्दै सबैको सहमतिमा मात्र निर्माणकार्य गर्न नियम सम्मत रहेको बताउँदै हालै मलंगवा न.पा को वडा न-८,९ र १० मा रहेको सडक निर्माण गर्दा सुरुमा ३४ देखि ४२ मिटरसम्म भएको र पछि जनताको आवश्यक्तालाई मध्येनजर गर्दौे जम्मा १५ मिटर कायम गरि निर्माणकार्य भइरहेको तर सडक बनाउने नाउँमा आफुहरुको सर्वस्वनै गुमाउने गरि मापदण्ड कायम गरिएको सो टोलका बासिन्दाहरुले पत्रकारहरु समक्ष गुनासो गरेका छन् ।उनीहरूले नगर प्रमुखको ठाडो निर्देशनमा यस्तो भइरहेको समेत आरोप लगाए।

     विकासको नाममा विनाशको काम गरिरहेको भनि आरोप लागाउँदै उनीहरूले मेहनत गरेर आर्जन गरेको सम्पत्ति विकास गर्ने  बहानामा नष्ट पार्न खोजेको खण्डमा सम्पूर्ण वडाबासीहरु एकजुट भएर कडा आन्दोलनमा उत्रने र यसबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवारी नगर प्रमुख र सम्बन्धित वडाका वडाअध्यक्षहरु हुने आयोजित पत्रकार सम्मेलन मार्फत उनीहरूले चेतावनी दिएका छन् ।

No comments:

Post a Comment