Wednesday, March 1, 2023

महिला जनप्रतिनिधिहरुलाई थप शसक्त बनाउन चौथो मोड्युलको ४ दिने प्रारम्भिक प्रशिक्षण सुरु

  

महिला जनप्रतिनिधिहरुलाई  थप शसक्त बनाउन चौथो मोड्युलको ४ दिने प्रारम्भिक प्रशिक्षण सुरु



लोकतन्त्र समाचारदाता----

सर्लाही,फाल्गुन १६

     स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका महिला जनप्रतिनिधिहरुलाई  शसक्त बनाउने अभियानमा लागेका माण्डवी नामक गैर सरकारी संस्थाले सर्लाहीको कबिलासी नगरपालिकाका  महिला जनप्रतिनिधिहरुको लागि चौथो  मोड्युलको चारदिने प्रारम्भिक प्रशिक्षण सर्लाहीका सदरमुकाम मलंगवामा  सुरु गरेकोछ ।फाल्गुन १९ गते शुक्रवारसम्म चल्ने उक्त  प्रशिक्षण कार्यक्रमको मंगलबार  मलंगवा स्थित नवरंग होटलमा कबिलासी नगरपालिकाका उपमेयर पुनम कर्णले उद्घाटन गर्नु भएको छ।

    आइ.एफ.इ.एस तथा अस्ट्रेलियन सरकारको प्राविधिक तथा स्विस सरकारको आर्थिक सहयोगमा शि लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत माण्डवी सर्लाहीले कबिलासी न.पा  कार्यपालिका महिला सदस्यहरुको नेतृत्व भूमिकालाई निरन्तरता दिंदै उनीहरूको आत्मविश्वास र नेतृत्व सिपलाई निखार्दै उनीहरूको भूमिकालाई अझ बढी प्रभावकारी ढंगबाट निर्वाह गर्न थप सीप र ज्ञानको विकास गर्ने उदेश्यले तालिमको आयोजना गरेको माण्डवी सर्लाहीका कार्यक्रम अधिकृत मनिल श्रेष्ठले जानकारी दिए।

   तालिमको ४ दिने अवधीमा सहभागी महिला  जनप्रतिनिधिहरुलाई व्यक्तिगत उत्थनशिलताको विकास कसरी गर्ने,स्थानीय सरकारको योजना तर्जुमा ,कार्यान्वयन र अनुगमन कसरी गर्ने,स्थानीय सरकारको बजेट निर्माण प्रक्रिया ,वार्ता ,शक्तिको परिचय र शक्तिको मान तथा पैरवीको परिचय लगायतका विषयमा प्रशिक्षण दिइने श्रेष्ठले बताए ।

     प्रशिक्षण कार्यक्रमको उद्घाटन शत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं उपमेयर कर्णले सहभागीहरुलाई तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतारेर सोही अनुसार कार्यान्वयनमा ल्याउन सुझाव दिए।गाउँघरमा अहिले पनि विपन्न तथा अल्पसंख्यक समुदायका मानिसहरु आफ्ना बालबालिकालाई विद्यालय नपठाइ काममा लगाउने गरेकाले त्यस्ता समुदायका व्यक्तिहरुलाई शिक्षाको महत्त्वको बारेमा बताएर बालबालिकालाई विद्यालय पठाउन प्रेरित गर्न समेत उनले सुझाव दिए।यसअघिका ३ वटा मोड्युलको प्रारम्भिक प्रशिक्षणबाट उनिहरुमा आत्मविश्वास बढेको र क्षमता अभिवृद्धि सँगै नेतृत्व भुमिकामा समेत निखार आएकोले अबको यो चौथो मोड्युलको प्रशिक्षण उनीहरूको लागि थप प्रभावकारी हुनेमा आफु विश्वस्त रहेको कर्णले बताए । 

    यसअघि पहिलो , दोस्रो र तेस्रो मोड्युलको प्रारम्भिक प्रशिक्षणमा सहभागी भइसकेका कबिलासी न.पा अन्तर्गतका १० वटै वडाका महिला जनप्रतिनिधिहरुलाई  प्रशिक्षक द्वय प्रभु चौधरी र रमा कुमारी पौडेलले सहजिकरण गरिरहेका छन् ।

No comments:

Post a Comment