Tuesday, March 21, 2023

जातीय विभेद अवरोध समाधानका उपाय सम्बन्धी मलंगवामा अन्तरक्रिया

 


जातीय विभेद अवरोध समाधानका उपाय सम्बन्धी मलंगवामा अन्तरक्रिया 



लोकतन्त्र समाचारदाता----

सर्लाही,चैत्र ७

    नेपाल राष्ट्रिय  दलित समाज कल्याण संघ, मलंगवाले "संवैधानिक तथा कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गरौ,जातीय छुवाछूत तथा भेदभावका विरुद्ध प्रतिरोध गरौं "भन्ने नाराला साथ सर्लाहीको सदरमुकाम मलंगवामा विभिन्न कार्यक्रमको आयोजना गरि ५८ औं अन्तर्राष्ट्रिय जातीय विभेद तथा रंग भेद उन्मुलन दिवस मनाएको छ।

    दिवसको अवसरमा ने.रा.द.स.क.संघले राजेश पासवानको अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य राधेश्याम पासवानको प्रमुख आतिथ्यतामा वृहद र्यालीको साथै मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा दलित बालबालिकाको शिक्षामा पहुँच अभिबृद्धिमा जातीय विभेद अवरोध समाधानका उपायको विषयमा सरोकारवालाहरु सँग  अन्तरक्रिया गरिएको छ। अस्ट्रेलियन एड,ह्याण्डी क्याप इन्टरनेशनल ,वर्ल्ड एजुकेसन ,वर्ल्ड भिजन,आर.आर.पि.के ,साप नेपाल ,UNDEFF NUD को सहयोग तथा नेपाल दलित सेवा समाज मलंगवा ,दलित उत्थान महिला केन्द्र सलेमपुर,ओरेक नेपाल र बाल कल्याण संघको समेत सहकार्य रहेको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी राष्ट्रिय सभाका  सदस्य पासवानले नेपालको संविधान २०७२ मा कुनैपनि सार्वजनिक या निजि स्थान र क्षेत्रमा जातजातिकै नाममा विभेद, छुवाछूत व्यवहार गर्न नपाइने र गरेमा कानुनी कारवाही हुने स्पष्ट व्यवस्था रहेको बताए । तर, सार्वजनिक स्थल मठमन्दिर इत्यादि स्थलमा दलित भएकै कारण अपमानित हुनुपर्ने विडम्बना यथावत रहेको बताउँदै जातिय विभेद गर्नेलाई राज्य व्यवस्था अनुसार कडा कारवाही गरिने जिकिर र जातिको नाममा विभेद नगर्न सबैलाई अनुरोध गरे।

   त्यस्तै, अर्का वक्ता कार्यक्रमका विशिष्ट अतिथी राष्ट्रिय सभाका पुर्व सदस्य रामपृत पासवानले  मुलुकी ऐन अनुसार नेपालबाट जातिय छुवाछूतको अन्त्य भएको घोषणा भएपनी हालसम्म कार्यान्वयन भने हुन नसकेको गुनासो गरे। उनले जातिय समनताको लागि समयसमयमा आन्दोलन र विरोधका कार्यक्रमहरु  गरिए पनि मानिसको सोंच र व्यवहारमा एक प्रतिशत पनि कमि ल्याउन नसकेको कुरा बताए। उनले जातिय विभेदलाई आधुनिक समाजसँगै निर्मुल पार्नको लागि युवाहरूको भुमिका अहम भएको जानकरी दिए।

कार्यक्रममा सहभागी विशिष्ट अतिथिहरु प्रदेश सभा सदस्य शकुन्ती देवी राम,पुर्व प्रदेश सभा सदस्य रवीन्द्र बैठा,सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारी,समाजसेवी डा.गुणेश्वर झा ले पनि अहिलेको अवस्थामा आएर पनि जातिय विभेद गर्नु भनेको अमानवता र मानवहिन कार्य भएको र यसलाई तत्काल अन्त्य गर्न नसके यसले समाजलाई ठुलो असर गर्ने धारणा राखेका थिए।

    सो कार्यक्रममा बाल कल्याण समाजका अध्यक्ष सुन्दर श्याम राय,आर.आर.पि.के का कार्यक्रम संयोजक नागेन्द्र प्रसाद साह,ओरेककी ममता साह , NNDSW का कार्यक्रम अधिकृत गोविन्द पासवान ,विद्यार्थी, दलित र गैरदलित समुदायका गरि करिब ३५० जना भन्दा बढी  मनिसहरुको उपस्थिति रहेको थियो।


No comments:

Post a Comment