Thursday, March 16, 2023

कबिर सिंह नामको फेसबुक आइडी मार्फत मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादवलाई धम्की,यस प्रति नगरपालिका परिवारको गम्भीर ध्यानाकर्षण

 


 कबिर सिंह नामको फेसबुक आइडी मार्फत मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादवलाई धम्की,यस प्रति नगरपालिका परिवारको गम्भीर ध्यानाकर्षण



लोकतन्त्र समाचारदाता ---

सर्लाही,चैत २

      मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादवको नाममा जघन्य अपराध गर्नको लागि सुपारी(रकम) लिएको भन्दै कबिर सिंह नामको फेसबुक आइडी मार्फत धम्की दिएको भन्ने विषयमा नगरपालिका परिवारको गम्भीर ध्यानाकर्षण भएको छ।यस विषयमा नगरपालिकाले एक प्रेस विज्ञप्ति जारी समेत गरेको छ।

  उप प्रमुख सकुन्तला देवी साह, प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम र प्रवक्ता नवल किशोर यादव द्वारा हस्ताक्षरित उक्त प्रेस विज्ञप्ति मार्फत मिति २०७९ फाल्गुन २९ गते "कविर सिंह" नामको फेसबुक आइडी बाट मलंगवा न.पा वडा न-९ बस्ने एक व्यक्तिले जघन्य अपराध गर्नका लागि सुपारी समाएको जस्तो अत्यन्तै क्रुर र अमानवीय सन्देश प्रवाह गरेको र हालसम्म सो सन्देशलाई २३ जनाले सेयर  गरेको  र केहीको फेसबुकमा ट्याग समेत गरेको देखिएको उल्लेख गरिएको छ।

     साथै विज्ञप्तिमार्फत यस्तो अमानवीय ,गैर सामाजिक र अपराधिक मनोवृत्तिबाट प्रेरित तथा दुरासयपुर्ण प्रचारप्रसार प्रति खेद व्यक्त गर्दै यस्ता अन्वान्क्षित तत्वको तत्कालै खोजी गरि यथार्थ विवरण जनसमक्ष ल्याउन तथा दोषी उपर कडा कानुनी कार्यवाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ।

No comments:

Post a Comment