Friday, March 10, 2023

११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्तरक्रिया

 

११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्तरक्रिया



लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन २६

     विश्वभर  ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइ रहँदा सर्लाहीको सदरमुकाम मलंगवामा पनि  अन्तरक्रिया कार्यक्रमको आयोजना गरि यो दिवस मनाइएको छ ।

   नेपालमा "लैङ्गिक समानताको बलियो आधार सृजनात्मक प्रविधिमा महिलाको पहुँच बिस्तार "भन्ने राष्ट्रिय नाराका साथ मलंगवा नगरपालिकाको सहकार्य तथा स्थानीय साझेदार संस्था शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एन सि इ नेपाल ),ओरेक नेपाल ,माईती नेपाल ,इन्सेक ,नेपाल  राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाही लगायत संस्थाहरुको सहयोगमा सरोकारवाला तथा महिलाहरु बिच अन्तरक्रिया गरिएको छ।

    मलंगवा नगरपालिकाकी उपमेयर शकुन्तला देवी साहको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा उपस्थित अतिथिहरुले महिलाहरूको हकहित तथा अधिकारको कुरालाई भाषणमा मात्र सिमित नराखि व्यवहारमा समेत लागू गर्नुपर्ने बताएका थिए। साथै उनीहरुले स्थानिय सरकारले महिलाहरुको लागि विभिन्न रोजगार मुलक योजना तथा कार्यक्रमहरु ल्याएर  उद्यमीसिल र आफ्नो श्रममा आत्मनिर्भर हुने वातावरण बनाउँदा महिलाहरू आर्थिक रुपमा सवल भएर हिंसाका समस्याहरू भोग्न नपर्ने बताएका थिए।

   

जिल्ला समन्वय समिति सर्लाहीको सभाहलमा सम्पन्न भएको।कार्यक्रममा विशिष्ट अतिथि जिल्ला प्रहरी कर्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदी ,नागरिक समाजका महासचिव शिवचन्द्र चौधरी ,उग्रकान्त झा,ओरेकका कार्यक्रम सन्योजक बिकास बन्जारा ,मानव अधिकारकर्मी मुकेश मिश्र , महिला मानव अधिकार रक्षक सन्जालकी रम्भा देवी झा ,बाल कल्याण समाज सर्लाहीका सुन्दर श्याम यादव ,लक्ष्मी सिंह ,पत्रकार बिश्वनाथ ठाकुर ,बन्दना झा , लगायतका अतिथिहरुले आ-आफ्नो मन्तव्य राखेका थिए।

No comments:

Post a Comment