Wednesday, March 15, 2023

मधेश प्रदेश सरकार द्वारा सर्लाहीका सबै सामुदायिक विद्यालयका कक्षा ९ मा अध्यनरत विद्यार्थीहरुलाई शैक्षिक कीट वितरण

 


मधेश प्रदेश सरकार द्वारा सर्लाहीका सबै सामुदायिक विद्यालयका कक्षा ९ मा अध्यनरत विद्यार्थीहरुलाई  शैक्षिक कीट वितरण 


मनोज यादव---

सर्लाही,चैत्र १

     मधेश प्रदेशलाई पूर्ण साक्षर बनाउने अभियानको क्रममा शिक्षा विकास निर्देशनालय जनकपुरधामले सर्लाही जिल्ला अन्यर्गतका सामुदायिक विद्यालयका कक्षा ९ मा अध्यनरत विद्यार्थीहरुको लागि ज्योमेट्री बक्स सहितको स्कुल ब्याग (शैक्षिक कीट) उपलब्ध गराएको छ।बाल मैत्री शिक्षा विकास कार्यक्रम अन्तर्गत संचालित अभियानका क्रममा बुधबार(आज)मधेस प्रदेश सरकारको तर्फबाट सर्लाहीका सबै सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरुलाई शैक्षिक कीट बितरण गरिएको हो ।

    सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-२ स्थित पब्लिक  माविमा आयोजित एक समारोहका बीच प्रमुख अतिथि मधेश प्रदेश सभा सदस्य  उपेन्द्र महतोले ज्योमेट्री बक्स सहितको स्कुल ब्याग (शैक्षिक कीट) हस्तान्तरण गरेका छन् । जिल्लाभरिका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई भेला गरि कक्षा ९ का विद्यार्थी संख्याको अनुपातमा शैक्षिक  वितरण गरिएको हो। 

      शिक्षा विकास निर्देशनालय, मधेश प्रदेश, जनकपुरधाम द्वारा आयोजित समारोहमा प्रमुख अतिथि एवं प्रदेश सांसद महतोले शिक्षाको स्तर उकास्नका लागि शिक्षक स्वयंले  अनुशाषित बन्नु पर्ने बताए ।साथै उनले प्रदेशलाई पूर्ण साक्षर बनाउने अभियानमा प्रधानाध्यापकहरुलाई सक्रिय भूमिका निर्वाह गर्न सुझाव दिए। 

     मधेश प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक चुडामणी फुयाँलको अध्यक्षतामा आयोजित कार्यक्रममा मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम,शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहा,शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका शाखा अधिकृत किशोरी कापर र लेखा अधिकृत फणीन्द्र ढुंगेल,पब्लिक माविका प्राधानाध्यापक सुवास कुमार यादवसहित जिल्लाका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक , शिक्षक तथा पत्रकारहरुको सहभागिता रहेको थियो।

    उक्त  समारोहलाई सफलतापुर्बक सम्पन्न गराउन पब्लिक माविका शिक्षक  तथा विद्यार्थीहरुले विशेष भुमिका निर्वाह गरेका थिए।

No comments:

Post a Comment