Wednesday, March 29, 2023

सर्लाहीमा एस.इ.ई परीक्षाको तयारी तिब्र ,परीक्षा संचालन तथा व्यवस्थापन सम्बन्धि अन्तरक्रिया


 सर्लाहीमा एस.इ.ई परीक्षाको तयारी तिब्र ,परीक्षा संचालन तथा व्यवस्थापन सम्बन्धि अन्तरक्रिया 



लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत्र १५

    आउँदो चैत्र १७ गतेदेखि सुरु हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई) को तयारी सर्लाहीमा तिब्र परिएको छ। सोही क्रममा बुधबार   शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले जिल्लाभरीका केन्द्राध्यक्षहरुको लागि एकदिने   एस.ई.ई परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।

   प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा भएको कार्यक्रममा परिक्षालाई स्वच्छ ,निष्पक्ष ,मर्यादित,व्यवस्थित, अनुशासित,विश्वसनीय र भय रहित वातावरणमा सम्पन्न गराउन  जिल्ला परीक्षा समन्वय समितिको निर्णय लगायत अन्य प्रचलित ऐन, कानुन,नियम ,नीतिगत व्यवस्था एवं निर्देशनको पालना गर्न गराउन ४६ बुँदे आचार संहिता जारी गरि लागू गरिएको  छ।

     परीक्षामा सहभागी हुन सर्लाही जिल्लभरबाट ५५०१ छात्र ,५४१५ छात्रा गरि जम्मा १० हजार ९१६ जना विद्यार्थीहरुले फारम भरेका छन् ।जसमध्ये सामुदायिक विद्यालयबाट ९०७९ र संस्थागत विद्यालयबाट १३४२ जना विद्यार्थीहरु रहेका छन् । साधारणतर्फ १० हजार ६२४ र प्राविधिकधार तर्फ २९२जना विद्यार्थीहरु  गरी जम्मा १० हजार ९१६ जना विद्यार्थीले एस.ई.ई परिक्षा दिन लागेको शिक्षा विकास तथा समन्वय इकाइ मलंगवाका प्राविधिक सहायक सुनिलकुमार कुशवाहाले जानकारी दिए ।

  कुशवाहाका अनुसार जिल्लामा जम्मा ३७ वट परीक्षा केन्द्रहरु निर्धारण गरिएको छ।ती केन्द्रहरुमा ९८ वटा सामुदायिक, ४५ वटा संस्थागत,२ वटा खुल्ला र १ वटा गृहणी गरि जम्मा  १४६ वटा विद्यालयले सहभागिता जनाउँदै छन् । 

  ती ३७ वटा केन्द्रको लागि ३७ जना केन्द्राध्यक्षसहित ७४ जना सहायक केन्द्राध्यक्ष ,५३५ जना निरिक्षक,१०७ जना परीक्षा सहायक ,विद्यालय सहयोगी तथा  कार्यालय सहयोगी गरि २१४ जना र आवश्यक्ता अनुसार सुरक्षाकर्मीहरु खटाइको प्राविधिक सहायक कुशवाहाले जनाएको छ।

    जिल्ला प्रशासन कार्यालयको सभाहलमा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख कौशल किशोर सिंह,सर्लाही प्रहरी प्रमुख एसपी नरेशराज सुवेदी ,सशस्त्र प्रहरी प्रमुख तुल बहादुर भण्डारी,राष्ट्रिय अनुसंधान सर्लाही प्रमुख उप-अनुसंधान निर्देशक संतोष ढुंगेल,सहायक प्रजिअ हरि प्रसाद अधिकारी लगायत केन्द्राध्यक्षहरुको उपस्थिति रहेको थियो।









No comments:

Post a Comment