Wednesday, March 29, 2023

महिलाहरुको लागि बेमौसमी तरकारी खेती सम्बन्धि तालिम सम्पन्न

 महिलाहरुको लागि बेमौसमी तरकारी खेती सम्बन्धि तालिम सम्पन्न 



लोकतन्त्र समाचारदाता---

महोत्तरी,चैत्र १५

    महोत्तरीको बलवा नगरपालिका परौलमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न केन्द्र र समूहका महिला सदस्यहरुलाई एकदिने बेमौसमी तरकारी खेती सम्बन्धि तालिम दिएको छ।

    संस्थाको शाखा कार्यालय परौलले संचालन गरेको  वित्तीय साक्षरता तथा सिपमूलक तालिम कार्यक्रम अन्तर्गत विभिन्न केन्द्र तथा समूहका महिलाहरुको आय आर्जनमा टेवा पुर्याउने उदेश्यले उक्त तालिम दिइएको संस्थाले जनाएको छ। "सीप सिकौं ,आत्मनिर्भर बनौ"भन्ने मुल नाराका साथ संचालन भएको उक्त तालिममा ४० जना महिलाहरुको सहभागीता रहेको थियो।

   संस्थाको परौल स्थित आफ्नै शाखाको सभाहलमा संचालन भएको तालिमको समापन कार्यक्रममा परौल शाखाका कर्मचारीहरु लगायत स्थानीय  महिलाहरुको उपस्थिति रहेको थियो।


No comments:

Post a Comment