चन्द्रनगर गाउँपालिका अध्यक्ष राज कुमार महतो विरुद्ध राजनैतिक दलहरु आन्दोलित
चन्द्रनगर गाउँपालिका अध्यक्ष राज कुमार महतो विरुद्ध राजनैतिक दलहरु आन्दोलित
लोकतन्त्र समाचारदाता---
सर्लाही,चैत्र १०
सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महतोको कार्यशैली लाई लिएर राजनैतिक दलहरु आन्दोलनमा उत्रिएका छन् ।
लोसपा का महेन्द्र महतो,नेपाली काँग्रेसका सत्यदेव सिंह,राप्रपाका सत्यनारायण राय,माओवादीका लोकेन्द्र मुखिया,जसपाका नन्दलाल राय,शंकर चौधरी र नेकपा एसका भरत साहले महतो गा.पा अध्यक्षमा निर्वाचित भएदेखि हालसम्मको गाउँ सभा,गाउँ विशेष परिषद(सभा),कार्यपालिका सदस्यहरुले गरेको निर्णय र गा.पा भित्र गा.पा बाट तलब सेवा सुविधा खाने गरि नियुक्ति गरिएका दैनिक ज्यालादारी,करार नियुक्ति तथा अन्य नियुक्ति समेतको नामावली ,प्रक्रिया र के कति तलब सेवा सुविधा पाइरहेको प्रमाणित प्रतिलिपी सूचनाको हक अनुसार जानकारीको लागि उपलब्ध गराइ दिन माग गर्दै प्रमुख प्रशासकीय अधिकृत समक्ष संयुक्तरूपमा हस्ताक्षर गरिएको निवेदन बुझाएका छन् ।
निवेदनमा माग अनुसारको प्रतिलिपीहरु नबुझाएको खण्डमा आफुहरु कडा आन्दोलनमा उत्रिने र यसबाट पर्न जाने क्षतिको सम्पूर्ण जिम्मेवारी स्वयं गाउँपालिका हुने समेत चेतावनी दिइएको छ।
No comments:
Post a Comment