Tuesday, March 14, 2023

दलित समुदायलाई अपमानित गर्ने सिरहाका गाउँपालिका प्रमुखलाई कारबाहीको माग गर्दै सर्लाही दलित अधिकारकर्मीहरुले प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाए


दलित समुदायलाई अपमानित गर्ने सिरहाका  गाउँपालिका प्रमुखलाई  कारबाहीको माग गर्दै सर्लाही दलित अधिकारकर्मीहरुले  प्रजिअ मार्फत  प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाए

लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन ३०

      मधेश प्रदेशको सिरहा जिल्ला  भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवलाई कारबाहीको माग गर्दै सर्लाहीका  दलित अधिकारकर्मीहरुले मंगलबार  जिल्ला प्रशासन कार्यलय सर्लाही  मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छ्न।

      पुर्व राष्ट्रिय सभा सदस्य रामपृत पासवान ,संयुक्त दलित संघर्ष समिति सहसंयोजक राम नरेश मण्डल ,सदस्य राम प्रमोद पासवान,महेश पासवान , नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाही अध्यक्ष राजेश पासवान ,कार्यक्रम अधिकृत गोविन्द पासवान र नेपाल दलित सेवा समाज सर्लाही अध्यक्ष हेमन पासवान लगायतको दलित अधिकारकर्मीहरुको टोलीले मंगलबार दिउँसो प्रजिअ इन्द्रदेव यादवमार्फत गा.पा अध्यक्ष यादवलाई कारबाही गर्न माग राखेर प्रधानमन्त्री पुष्पकमल दाहल "प्रचण्ड"लाई  ज्ञापनपत्र पठाएका हुन्।

    ज्ञापनपत्रमा गा.पा अध्यक्ष यादव   यादवले गत फाल्गुन २२ गते सोमबारका दिन आफ्नो आमाको १३ औं दिनको पुण्य तिथिको अवसरमा आयोजना गरेको भोजमा जात र समुदाय अनुसार फरक-फरक ठाउँमा राखेर खाने प्रबन्ध गरेर दलित समुदायलाई अपमानित गरेको भन्दै निज उपर हदैसम्म कार्यवाही गर्न माग उल्लेख गरिएको छ। साथै सो भोजमा सहभागी भएका सम्पूर्ण सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले समेत सार्वजनिक रुपमा माफी माग्नु पर्ने जोडदार माग गरेका छन् ।

No comments:

Post a Comment