Wednesday, March 22, 2023

आफ्नै श्रीमती माथि एसिड प्रहार गर्ने श्रीमान्‌लाई उच्च अदालत जनकपुर द्वारा साढे १० वर्ष कैद र ६ लाख जरिवाना

 आफ्नै श्रीमती माथि एसिड प्रहार गर्ने श्रीमान्‌लाई उच्च अदालत जनकपुर द्वारा साढे १० वर्ष कैद र ६ लाख जरिवाना 

         पिडित आरती साह



लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत्र ८

    आफ्नै श्रीमती माथि एसिड प्रहार गरि गम्भीर घाइते बनाउने धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा न-२० रुपैठाका सञ्जीव साहलाई उच्च अदालत जनकपुरले साढे १० वर्ष कैद र ६ लाख जरिवानाको फैसला सुनाएको छ।

   बुधबार उच्च अदालत जनकपुरको चार नम्बर इजलासका न्यायाधीशद्वय डालकुमार खड्का र सागर बिष्टको इजलासबाट जिल्ला अदालतले गरेको फैसलालाई  सदर गर्दै सो सजय सुनाएको अधिवक्ता रिंकु कुमारी यादवले जनाएको छ।

   सञ्जीवले गत २०७७ साल कात्तिक २९ गते दीपावलीको दिन आफ्नी श्रीमती आरती साह माथि  एसिड प्रहार गरेका थिए।

   एसिड प्रहार गर्ने आरतीका पति सञ्जीवलाई जिल्ला अदालतले २५ साउनमा दोषी ठहर गरी कैद र जरिवानाको सजाय निर्धारण गरेको थियो।तर सञ्जीवे जिल्ला अदालतको फैसला विरुद्ध उच्च अदालत जनकपुरमा पुनरावेदन गरेका थिए। उक्त मुद्दामा जाहेरीवाला आरती शाहको तर्फबाट  अधिवक्ता रिंकु कुमारी यादव र अच्युतम आचार्यले बहस गरेका थिए भने विपक्षीको तर्फबाट अधिवक्ता अरुणकुमार यादवले बहस गरेका थिए।

     अधिवक्ता आचार्यसहित आफूले सुरुदेखि नै यस मुद्दामा आरतीको तर्फबाट निःशुल्क बहस गर्दै आएको अधिवक्ता यादवले बताइन ।उनले "मानव सेवा नै धर्म हाे"भन्ने भनाइलाई आत्मसात् गर्दै नि: शुल्क बहस गर्दै आईरहेकोले आरतीको मुद्दा पनि नि:शुल्क लडेको बताइन।पडित आरतिलाई न्याय दिलाउन सफल भएकोमा आफु निकै गौरवान्वित महसुस गरेको अधिवक्ता यादवले खुसी व्यक्त गर्दै भने। अन्यायको  विराेधमा लडेर आज न्याय पाएकाेमा आफ्नो पेशा प्रति  सन्तुष्ट रहेको उनले बताइन्।


No comments:

Post a Comment