Saturday, March 4, 2023

कुर्मी सेवा समाज सर्लाहीको ह‍ोली मिलन समारोह भव्यताका साथ सम्पन्न


कुर्मी सेवा समाज सर्लाहीको ह‍ोली मिलन समारोह भव्यताका साथ सम्पन्न



लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन २०

    कुर्मी सेवा समाज सर्लाहीको प्रथम साधारणसभा सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको । 

    शनिवार मलंगवा स्थित महेन्द्र होटलमा डा.चन्देश्वर राउतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रथम  साधारणसभा बाट राम बाबु राउतको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति चयन गरिएको छ।

    सोही अवसरमा नजिकिँदै गरेको होली पर्वलाई मध्येनजर गर्दै कुर्मी सेवा समाजले ह‍ोली मिलन समारोहको  आयोजना समेत गरको छ।नव गठित कार्यसमिति सदस्यहरु सहित सल्लाहकार समिति संयोजक महेन्द्र राउत,केन्द्रीय सदस्य रघुनाथ साह,सोनवर्षा(भारत) का सरपंच हरिचन्द्र राउत लगायत कुर्मी समुदायका विशिष्ट व्यक्तिहरु एकआपसमा होलीको  शुभकामना आदान प्रदान गरि एकअर्कालाई अवीर लगाएर  

भव्यताका साथ होली मनाएका छन् । 

No comments:

Post a Comment