Saturday, March 25, 2023

नेपाल नेत्र ज्योति संघ सर्लाहीको दोस्रो साधारणसभा सम्पन्न

 

नेपाल नेत्र ज्योति संघ सर्लाहीको दोस्रो साधारणसभा सम्पन्न 



मनोज यादव----

सर्लाही,चैत्र ११

     नेपाल नेत्रज्योति संघ मलंगवा, सर्लाही शाखाको शनिवार सम्पन्न दोस्रो साधारणसभा बाट अमरनाथ जैसवालको सभापतित्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको  छ ।

   संघको नवनिर्वाचित सदस्यहरुमा मुकेश कुमार  जयसवाल,राजेश प्रसाद गुप्ता ,प्रमोद राय यादव,सत्यनारायण अग्रवाल,उपेन्द्र प्रसाद जयसवाल,सुनिल कुमार गुप्ता,तिकल कुमार क्षेत्री,कृष्णमान श्रेष्ठ ,मोहम्मद शेख अब्दुल्लाह,चिरन्जिवी मिश्र,चुनुदेवी चौधरी र सुशीला अमात्य रहेका छन्। नवनिर्वाचित सम्पूर्ण सदस्यहरु मध्येबाट मुकेश कुमार जयसवालले सबैभन्दा बढी मत ल्याउन सफल भएका थिए।उनले जम्मा खसेको ६६ मत मध्ये एक्लैले ३९ मत ल्याएका थिए।

  नेपालमा अन्धोपन निवारणका लागि झण्डै ४ दशक पहिले वि.स २०३५ साल चैत १३ गते स्थापना भएको नेपाल नेत्र ज्योती संघले वि.स २०४१ सालमा  विभिन्न गाउँहरुमा आँखा शिविर संचालन गर्दै  आएको बेला सर्लाहीमा बरिस्ठ समाजसेवी राम बहादुर अमात्य, अमरनाथ जैसवाल,चरित्र बहादुर प्रधान ,विष्णुलाल अमात्य र डा.धन बहादुर शाहीको प्रयासमा नेपाल नेत्र ज्योती संघको स्थापना भएको थियो।सोही संघले २०५५ सालमा मलंगवा नगरपालिकामा सर्लाही आँखा उपचार केन्द्र संचालन गरि आँखा रोगीहरुको उपचार सेवा गर्दै आइरहेको छ।

 

    अमरनाथ जैसवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथिको आशनबाट मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादवले पानसमा बत्ती बालेर गरेका थिए,भने कोषाध्यक्ष सत्यनारायण अग्रवालले प्रतिवेदन प्रस्तुत गरेका थिए।सोही अवसरमा आँखा उपचार केन्द्रमा उपचारका लागि आएका बिरामीहरुलाई फलफुल समेत वितरण गर्नुका साथै उपचार केन्द्रमा कार्यरत कर्मचारीहरु जमुना बराल,महेश साह र अर्जुन मेस्तरलाई उनीहरुले प्रस्तुत गर्दै आएको कार्यकौशलको कदर गर्दै संघको तर्फबाट सम्मानित गरिएको थियो।

    सर्लाही आँखा उपचार केन्द्र मलंगवाको प्रांगणमा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाल नेत्र ज्योति संघ केन्द्रीय कार्यालयका बरिस्ठ उपाध्यक्ष श्याम पोखरेल ,सगरमाथा चौधरी आँखा अस्पताल लहानका अध्यक्ष तथा मधेस प्रदेश सभापति रवीन्द्र चौधरी ,पुर्व प्रदेश सांसद अशोक यादव तथा नेपाल रेडक्रस सोसाइटी सर्लाहीका सभापति नागेन्द्र प्रसाद चौधरी ,सर्लाही आँखा केन्द्रका प्रमुख निराजन साह,अव्दुल रहिम मिकरानी, संघका सम्पूर्ण  पदाधिकारी,सर्लाही आँखा केन्द्रका कर्मचारी,उपचारका लागि केन्द्रमा आएका आँखाका बिरामीहरु र पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो।

     कार्यक्रमको संचालन संघका सदस्य हरिकान्त लाल कर्णले गरेका थिए।




No comments:

Post a Comment