Tuesday, March 7, 2023

नेविसंघ सर्लाहीद्धारा होली तथा शव-ए बरातको शुभकामना आदान प्रदान

 नेविसंघ सर्लाहीद्धारा होली तथा शव-ए बरातको शुभकामना आदान प्रदान 

 

लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन २३

     हिन्दुहरुको महान पर्व होली तथा मुस्लिमहरुको पर्व शव-ए बरातको अवसरमा  नेपाली काँग्रेस  निकट विद्यार्थी संगठन नेपाल  विद्यार्थी संघ जिल्ला कार्यसमिति सर्लाहीले सदरमुकाम मलंगवा  स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा  शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न  गरेको छ । 

    सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि कृष्णन्दन राय,विशिष्ट अतिथि

 कैमुल हुसैन लगायतका अतिथिहरुले 

एक आपसमा होली तथा शव-ए बरातको शुभकामना आदान प्रदान गरेका थिए।प्रमुख अतिथि रायले  पर्वका नाममा अनेकौँ विक्रितिहरु मैलाउँदै गएकाले  पर्वलाई व्यवस्ति र मर्यादीत बनाउनु पर्ने बताएका  थिए । 

     कार्यक्रमको अध्यक्षता गरेका नेविसंघ सर्लाहीका उपाध्यक्ष अमित मिश्रले नेपाल बहुधार्मीक, बहुसांस्कृतिक र रिति रिवाजले भरिपूर्ण रहेको बताउँदै होली पर्वको विषेश महत्व रहेको बताए । उनले होलीका नाममा भित्रँदै गरेको विकृतिलाई युवा विद्यार्थीहरुले सदाका लागि अन्त्य गर्नुपर्ने बताए । 

    कार्यक्रममा उपस्थित विद्यार्थी नेताहरुले होलीलाई मर्यादित बनाउँदै पर्व हर्सोउल्लासका साथ मनाउन भन्दै शुभकामना व्यक्त गरेका थिए। 


 

No comments:

Post a Comment