Wednesday, March 15, 2023

प्रथम मेयर कप अन्तर प्रादेशिक भलिबल प्रतियोगिता मलंगवामा सुरु

 


प्रथम मेयर कप अन्तर प्रादेशिक भलिबल प्रतियोगिता मलंगवामा सुरु



लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत १

      सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा प्रथम मेयर कप अन्तर प्रादेशिक भलिबल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । देश विदेशमा मलंगवा न.पा लाई चिनाउने साथै खेलखुद क्षेत्रको विकास गर्ने उद्देश्यसहित भलिबल प्रतियोगिताको आयोजना गरिएको मलंगवा-१२ का वडाअध्यक्ष राम दरेश रायले जनाएको छ।

   नकआउट सिद्धान्त अन्तर्गत खेलाइने यस प्रतियोगितामा सर्लाहीसहित महोत्तरी,बारा,धनुषा,सिन्धुली,झापा   मकवानपुर जिल्ला र एपीएफ काठमाडौको गरि जम्मा ९ वटा टिमले सहभागीता जनाएका छन् । 

   लगातार ५ दिनसम्म चल्ने यस प्रतियोगिताको उद्घाटन मधेश प्रदेश सांसद कौशल किशोर रायले गरेका थिए।

   माई स्थान युवा क्लब वडा न-१२ गम्हरियाको आयोजना तथा मलंगवा न.पा वडा न-१२ को वडा कार्यालयको सहयोगमामा संचालन भइरहेको प्रतियोगिताको विजेता  टिमलाई  शिल्ड तथा प्रमाणपत्रसहित नगद रु १ लाख २० हजार ,र उपविजेता टिमलाई शिल्ड तथा प्रमाणपत्रसहित नगद रु ६५ हजार पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष मन्जित यादवले जनाएको छ।


 

No comments:

Post a Comment