Monday, September 13, 2021

नेपाल भारत सिमानाकाबाट अवैध सुनचाँदीका गहना तथा सुन बरामद




लोकतन्त्र समाचारदाता---

सर्लाही,भदौ २८

      सर्लाही प्रहरीले जिल्लाको गोडैता नगरपालिका वडा न-१२ मधुवनीबाट अवैध रुपमा लुकाइछिपाई भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको सुनचाँदीका गहना र सुन बरामद गरेको छ ।

    शुक्रवार दिउँसो करिब ३ बजेको समयमा गस्तीमा खटिएका प्रहरी टोलीले मधुवनी गाउँ स्थित नेपाल भारत सिमानाकाको सडकबाट धनकौल गाउँपालिका वडा न-२ बस्ने बिनोद साहले चलाएर आएको BR30 E 0613 नम्बरको मोटरसाइकलको डिक्की भित्र लुकाएर राखेको  सुनका विभिन्न गहना,१ थान सुनको डल्ला र चाँदीका विभिन्न गहनाहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    बरामद भएका ती सबै सुनचाँदीका गहना तथा सुनको मुल्य ७८ हजार ५ सय १७ मुल्यांकन गरिएको सुनचाँदी व्यवसायी संघ मलंगवाका महासचिव कमलेश साहले जानकारी दिएको छ । बरामद गरगहनाहरु आवश्यक कारवाहीका लागि भन्सार कार्यालय मलंगवा  पठाइएको छ।

   खुला सिमानाका कारण पछिल्लो समय भन्सार छली तथा सिमानामा चोरी तस्करीका घटना निरन्तर हुने गरेका प्रहरीको अनुसन्धानले देखाएको छ ।

No comments:

Post a Comment