Monday, September 6, 2021

मलंगवामा नेकपा एमालेको अगुवा कार्यकर्ता भेला सम्पन्न

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,भदौ २१

       नेपाल कम्युनिस्ट पार्टी (एमाले)को जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सोमबार सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष राजनरायण साहको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।

    प्रमुख अतिथि पुर्व उपप्रधान परराष्ट्र एवं यातायात मन्त्री रघुबिर  माहासेठले सम्बोधन गर्नु भएको उक्त अगुवा कार्यकर्ता भेलामा केन्द्रीय स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल ,पुर्वमन्त्री बद्री न्यौपाने , संविधान सभा सदस्य हरि उप्रेती , रंजना सरकार ,केन्द्रीय सदस्य सुमन प्याकुरेल , पुर्व जिल्ला अध्यक्ष रेवती पन्त ,इश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटा ,हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईं लगायत   सर्लाही जिल्लाभरीका करिब १५०० सय भन्दा बढी जिल्ला स्तरका  नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

     सोमबार दिउँसो  मलंगवा नगरपालिका वडा न-८ स्थित उद्योग वाणिज्य संघको सभाहलमा भएको भेलाको आयोजना नेकपा एमाले जिल्ला समिति सर्लाहीले गरेको थियो ।

No comments:

Post a Comment